एभरेष्टका ९ खेलाडीले अमेरिकाको राष्ट्रिय प्रतियोगितामा खेल्ने

एभरेष्टका ९ खेलाडीले अमेरिकाको राष्ट्रिय प्रतियोगितामा खेल्ने
विश्व न्यूज संवाददाता
मिचिगन । 
 
मिचिगनमा संचालनमा रहेको ज्योति एभरेष्ट ताइक्वान्दो एशोसिएशनवाट नौ खेलाडीले अमेरिकाको राष्ट्रिय ताइक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । 
 जसमा २ खेलाडी नेपाली मुलका रहेका छन् । विप्लव खरेलले ५५ केजी तौल समुहभन्दा कम  र अनमोल गोर्खालीले सिनियर ब्लाक बेल्ट ५८ केजी तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । उनीहरुले मिचिगन स्टेटवाट प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा अमुल गोर्खालीले सहभागि हुने टोलीवाट प्रशिक्षकको रुपमा जिम्मेवारी निभाउनेछन् । राष्ट्रिय प्रतियोगिता जुन २७ देखि जुलाई ४ सम्म मिनिसोटामा हुदैंछ । 
फेबु्रअरी ९ मा सम्पन्न मिचिगन स्टेट च्याम्पियन सिपमा सहभागी भई पदक विजेता एभरेष्टका ९ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छानिएका हुन् । स्टेट च्याम्पियनसिपमा एभरेष्टका ६ खेलाडीले स्वर्ण, २ ले रजत र १ जनाले कास्य पदक जितेका थिए । 
एभरेष्टका खेलाडी स्टेटवाट छानिदैं राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लागेको हो भने पहिलो पटक होइन । यस अघि २०१३ मा इलिनोइसको शिकागोमा भएको राष्ट्रिय प्रतियोगितामा एभरेष्टका खेलाडीले पहिलो पटक सहभागिता जनाएका थिए । त्यसपछि सन् २०१७ मा त एभरेष्टका खेलाडीले सहभागिता जनाउनुका साथैं पदक समेत जितेका थिए । मिचिगनमा भएको सो प्रतियोगितामा एभरेष्टका ३ खेलाडीले स्वर्ण,१ जनाले रजत र २ जनाले कास्य पदक जितेका थिए । यस्तैं, सन् २०१८ मा ओटाहाको साल्टलेक सिटीमा भएको प्रतियोगितामा पनि सहभागिता जनाउदैं एभरेष्टका खेलाडीले एक स्वर्ण र एक रजत जितेका थिए । एभरेष्ट ताइक्वान्दो तेक्वान्दो  प्रशिक्षक लभ गोर्खालीले संचालन गर्दै आएका छन् ।  
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग