गोलको वर्षासंगै दाफिन्स अन्तिम चारमा

दाफिन्सले गोलको वर्षासंगै झापालाई पाखा लगाउदै उपाधि दाबेदारी

गोलको वर्षासंगै दाफिन्स अन्तिम चारमा
 
स्वस्तिक श्रेष्ठ
बुटवल
झापा–११ लाई ५–० गोलले पाखा लगाउदै दाफिन्स एफसी क्यामरुन रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । यसवर्षको ठुलो फुटबल प्रतियोगिताहरु मनकामना केवलकार पोखरा कप र रेडबुल बुढासुब्बा गोल्डकप जितेर हौसिएको विदेशी टोली दाफिन्सले गोलको वर्षासंगै झापालाई पाखा लगाउदै उपाधि दाबेदारीसमेत पेश गरेको हो । दाफिन्सले आयोजक रुपन्देही–११ संग शुक्रबार सेमीफाईनल खेल खेल्ने छ । 
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टर खेलमैदान बुधबार भएको खेलमा पहिलो हाफ एक गोल खाएको झापाले धेरै गोलका अवसरहरु गुमाउदै प्रतियोगिताबाट बाहिरिनुपरेको छ । खेलको २६ औ मिनेटमा डिबक्सबाहिरबाट गरेको फ्रिकिकलाई झापाको गोलकिपर दिप कार्कीको हातबाट फुस्केपछि याकिक ओनाले हेड गर्दै जाली चुमाएका थिए ।
खेलको ३० औ मिनेटमा आशिष चापागाई गोल गर्नबाट चुके । दिलन लोक्तामको क्रसमा कर्ण लिम्बूको हेड आकासियो । एक पछिअर्को अवसर पाएको झापाका खामिर मिलसागको प्रहारलाई क्यारुनका गोलकिपर प्रिसो एजानले रोकिदिए । पहिलो हाफ एक गोलले पछि परेको झापाले दोस्रो हाफमा ४ गोल खान पुग्यो । खेलको ५० औ मिनेटमा डिडेर टिनाको पासमा पेटन्गाले जालि चुमाएका थिए । खेलको ५८ औ मिनेटमा झापाका पुजन उप्रेतिलाई फल गरेपछि दोहोरो पहेलो कार्ड पाउदै दाफिन्सका औरेन इनामे मैदान छाडे । १० खेलाडीमा सीमित दाफिन्सले अझ शसस्त्र खेल पस्कन सफल भयो र थप ३ गोल थप्यो । खेलको ७३ औ मिनेटमा नियले तेस्रो गोल गरे । झापा गोलको अवसर खोजिरहेको बेला उल्टो गोल खान पुग्यो । त्यसको दुई मिनेटमा नै फेरी दाफिन्सका डिडर टिनाले चौथौ गोल गरे । खेलको ८८ औ मिनेटमा वियिक वियिकले मध्यभागबाट गरेको प्रहार सिधै झापाको गोलकिपरलाई नाघेर गोलपोष्टमा जाली चुम्न पुगेको थियो । यो उत्कृष्ट गोलसंगै क्यामरुनको दाफिन्स रुपन्देही–११ संग सेमीफाईनल भिडन्त पक्का गरेको छ । खेलमा दाफिन्सका डिडर टिना, जो एन्गोरी तथा झापाका आशिष चापागाईले मुख्य रेफ्री कबिन ब्यान्जनकारले पहेलो कार्ड दिएका थिए । खेलमा आर्कषक गोल गर्ने विजेता टिमका वियिक वियिक म्यान अफ द म्याच घोषित हुदै नगद १० हजार र कपबाट पुरस्कृत भए । 
प्रतियोगिता अन्तरगत विहिबार समुह बि अन्तरगत क्वाटरफाईनल खेलमा च्यासल युथ क्लबले सिग्नेचर मनाङ्ग मस्याङ्गदी क्लबको सामना गर्ने छ । 
खेलमा हारपछि झापाका प्रशिक्षक प्रवेश कटुवालले राम्रो खेल खेलेपछि दोस्रो हाफसम्म खेललाई लयमा राख्न नसक्दा हार ब्यहोनुपरेको बताए । शारिरीक रुपमा बलिया र स्टेमिनाका कारण क्यामरुनको खेल एउटै गति देखिएको उनले बताए । ‘नियमित खेलाडि ईन्जुरीमा हुदा पनि समस्या भयो ।’–उनले भने । 
यता जितपछि दाफिन्सका प्रशिक्षक सिलो मार्टिनले धेरै राम्रो खेल भएको बताए । नेपाली खेलाडीहरु धेरै फाष्ट खेल्ने भएकाले पनि आफहरुलाई पहिलो हाफ निक्कै प्रतिस्प्रर्धात्मक भएको उनले बताए । टेक्निकल खेल खेलेको झापासंग आफना खेलाडीहरुले राम्रो खेल्दा जित हासिल गरेको उनले बताए । नेपालमा खेल खेल्न धेरै राम्रो मौसम र पूर्वाधार भएको उनले बताए । यो उपाधि पनि जित्ने गरि आफनो खेलाडी खेलेको उनले बताए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग