मनाङ्गलाई पाखा लगाउदै च्यासल तिलोत्तमा गोल्डकपको अन्तिम चारमा

मनाङ्गलाई पाखा लगाउदै च्यासल तिलोत्तमा गोल्डकपको अन्तिम चारमा
स्वस्तिक श्रेष्ठ
बुटवल
पूर्व नेपाली फुटबलका अनुभवी खेलाडीका रुपमा प्रशिक्षक पाएको भ्याली च्यासल युथ क्लबले राम्रो कम ब्याक गरेको छ । ए डिभिजनमा बढुवासंगै रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा सहभागि भएको च्यासलले आठ पटकको लिग विजेता मनाङ्ग मस्याङ्गदी क्लबलाई १–० गोलले पाखा लगाउदै अन्तिम चारमा स्थान पक्का गरेको छ । च्यासलले सेमीफाईनल खेल विभागिय टिम नेपाल पुलिस क्लबसंग शनिबार खेल्ने छ । 
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टर खेलमैदान विहिबार भएको खेलमा शुरुवातबाट च्यासल आक्रमक खेल पस्केको थियो । च्यासलका आमिर श्रेष्ठले ७ औ मिनेटमा फ्रिकिकलाई सदुपयोग गर्नबाट चुके यसैगरि त्यसको दुईमिनेटमा नै फेरी हेमन्त थापा मगरले डिबक्स बाहिरबाट गरेको फ्रिकिक प्रहारपनि आकासियो । खेलको २५ औ मिनेटमा बिराजको लामो पासलाई हाफिजले हेड गरेपनि दिशा दिनबाट चुके । दुई नया युवा खेलाडी र चार विदेशी खेलाडीसहित मैदानमा उत्रेको मनाङ्गले दर्शकबाट पाएको सर्पोट अनुसार खेल पस्कन सकेन । पहिलो हाफको अन्त्यतिर पाएको ३ वटा राम्रो अवसरलाई मनाङ्गले खेर फाल्यो । खेलमा ३४ औ मिनेटमा मनाङका क्याप्टेन बिराजको प्रहारलाई भिक्टरले गोल गर्नबाट चुके । त्यसैगरि सुजल श्रेष्ठको प्रहारलाई बिमल रानाले हेडमार्फत दिशादिन चुके । लगत्तै कमल श्रेष्ठको क्रसलाई डिबक्सभित्र अफिस ओलावलेले बाईसाईकल किक प्रहार गरेपनि गोल हुन सकेन । च्यासलले दोस्रो हाफको दुई मिनेटमा गरेको गोलको अग्रता नै जितका लागि प्रयाप्त बन्यो । डिबक्सबाहिर पाएको फ्रिकिकलाई हेमन्त थापाले गरेको लामो प्रहारलाई मार्क नगरिएका अरमान विडियमले हेडमार्फत गोल गरेका थिए । खेलको ७१ औ मिनेटमा अरमानले मनाङ्गका भिक्टरलाई फल गरेपछि पहेलो कार्ड पाएका थिए । गोल खाएसंगै आक्रमक खेल पस्केको मनाङका प्रकाश बुढाथोकीले खेलको ७८ औ मिनेटमा गोल गर्नबाट चुके । प्रकाश बुढाथोकिले नै अन्तिम समयमा पाएको फ्रिकिक बारमा लागेर फर्कियो । च्यासलका गोलकिपर दिनेश थापा मगर म्यान अफ द म्याच घोषित हुदै नगद १० हजारसहित गिफट हेम्परबाट पुरस्कृत भएका छन ।
शुक्रबार आयोजक लाली रुपन्देही–११ ले बलियो बिदेशी टिम दाफिन्स एफसी क्यामरुनसंग पहिलो सेमीफाईनल खेल्ने छ ।
जितपछि च्यासलका प्रशिक्षक तथा पूर्व खेलाडी राजुकाजी शाक्यले आफनो रणनीति सफल भएको बताए । विपक्षी टिमको खेललाई बुझेर मार्कमा राखेर खेल्दा राम्रो टिमलाई हराउन सफल भएको दाबी गरे । ए डिभिजनमा बढुवा भएसंगै आफ्नै टिमलाई बलियो बनाउन लागीपरेको समेत उनले बताए । ‘सबै खेलाडी फिट छन त्यसैले कुनै परिवर्तन हुदैन ।’–उनले भने । 
यता मनाङ्गका प्रशिक्षक सुमन श्रेष्ठले शुरुवातमा नै सोच अनुसार गोल गर्नबाट चुक्दा हार ब्यहोर्नुपरेको बताए । टिममा फिनिसिङका लागि राम्रो स्टाइकर भए पनि मार्कमा पर्दा स्कोर गर्न चुकेको उनले बताए । एएफसि कपको तयारी संगै धेरै खेलाडीहरु घाईते हुदा पनि समस्या रहेको उनले बताए । ‘अन्जन विष्ट, विशाल राई रेष्टमा छन ।’– उनले भने । केही खेलाडी रिजर्वमा राखेर नया खेलाडीलाई अवसर दिदा तालमेलमा केही कमी भएको उनले बताए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग