इक्वेडरमा शक्तीशाली भुकम्प

इक्वेडरमा शक्तीशाली भुकम्प
न्यूयोर्क ।
 
इक्वेडरको दक्षिणी भागमा शुक्रबार  बिहान ७ दशमलब ५ रेक्टर स्केलको शक्तीशाली भुकम्प गएको छ । पेरुको सिमाना नजिकै गएको  शक्तीशाली भुकम्पले पुगेको    क्षतिको विवरण भने प्राप्त भएको छैन ।  स्थानीय समय अनुसार बिहान ५ बजेर १७ मिनेटमा भुकम्प गएको थियो ।  शक्तीशाली भुकम्पको लगत्तै ३० मिनेट  भित्र २ वटा पराकम्पन समेत  गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।  भुकम्पको धक्का राजधानी कोईटो,गोएकेल लगायतका शहरहरुमा महसुस  गरिएको थियो ।  
भुकम्प लगत्तै त्यहाका रास्ट्रपती लेनिन मोरिनोले ट्विट् मार्फत त्यती ठुलो क्षति नभएको बताउदै भुकम्पको धक्का देश भर महसुस गरेको  लेखेका छन्  । इक्वेडरमा संन् २०१६ को अप्रिलमा गएको भुकम्पले सात सय मान्छेको मृत्यु  भएको थियो ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग