आयोजकलाई पाखा लगाउदै दाफिन्स तिलोत्तमाको फाईनलमा

सिजनको ह्याट्रिकको दाउ

आयोजकलाई पाखा लगाउदै दाफिन्स तिलोत्तमाको फाईनलमा
बुटवल एन्फा एकेडेमीबाट फुटबल सिकेको रुपन्देहीका युवा डिफेन्डर मनोज श्रेष्ठ म्यान अफ द म्याच पुरस्कार ग्रहण गर्दै ।
स्वस्तिक श्रेष्ठ
बुटवल
आयोजक लाली रुपन्देही–११ को यो वर्ष पनि उपाधि चुम्ने सपना साकार हुन सकेन । रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आयोजक रुपन्देहीलाई विदेशी टिम दाफिन्स एफसी क्यामरुनले आफनै होम ग्राउण्डमा २–० गोलले पाखा लगाएको हो । यसवर्ष मनकामना केवलकार पोखरा कप र रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि हात पारेको विदेशी टिम तिलोत्तमा जितेर ह्याटिकको दाउमा रहेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टर खेलमैदान शुक्रबार भएको निक्कै प्रतिस्प्रधात्मक पहिलो सेमीफाईनल खेलमा घरेलु दर्शको साथ पाएको रुपन्देही टिमले दोस्रो मिनेटमा खाएको गोल नै हारको मुख्य बाधक बन्यो । यसअघि पूर्वेली टिम झापा–११ लाई क्वाटरफाईनलमा ५–० गोलले पराजित गरेको दाफिन्सलाई आयोजकसंगको भिडन्त भने सहज भएन । खेलको दोस्रो मिनेटमा नै डिबक्सभित्र रुपन्देहीका बुसारि टाजुडेनको ह्यान्डबलमा पाएको पेनाल्टीलाई डिडर टिनाले जालि चुमाए । शारिरिक रुपमा बलिया दाफिन्सका खेलाडीसामु रुपन्देहीका युवा खेलाडीहरुको प्रर्दशन हेर्न लायक थियो । रुपन्देहीका बुसारि टाजुडेनलाई खेलको २५ औ मिनेटमा फल गरेपछि दाफिन्सका बियोक बियोकले पहेलोकार्ड पाए । पहिलो हाफको अन्तिम समयमा मनोज श्रेष्ठको पासमा बुसारि टाजुडेनले गरेको हेडले दिशा लिन सक्दा घरेलु दर्शक निराश भए । पहिलो हाफ दबाबमा खेलको रुपन्देही दोस्रो हाफमा भने आक्रमक खेल पस्केको थियो । खेलको ६३ औ मिनेटमा गरेको अर्को फ्रिकिक दाफिन्सका किपरले अहजै विफल बनाए ।
खेलको ६७ औ मिनेटमा खेलमा नाटकिय मोड लियो । झापासंगको अघिल्लो खेलमा पनि रातो कार्ड पाएर १० खेलाडीमा सिमित भएको दाफिन्स रुपन्देहीसंगको खेलमा पनि १० खेलमा सिमित भयो । डिबक्सभित्र निरजलाई लडाएपछि रातो कार्ड पाउदै यानिकले मैदान छोडे । गोलको खोजीमा रहेको रुपन्देही अगाडी बढेर खेल्दा डिफेन्सको कमजोरीको फाईदा उठाउदै खेलको डिडर टिनाले ८३ मिनेटमा दोस्रो गोल थपे । रुपन्देहीका डिफेन्डर मनोज श्रेष्ठ म्यान अफ द म्याच घोषित हुदै नगद १० हजारसहित गिफट हेम्परबाट पुरस्कृत भए ।
शनिबार प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा भ्याली च्यासल युथ क्लबले विभागिय टिम नेपाल पुलिसको सामना गर्ने छ । 
हारपछि रुपन्देहीका प्रशिक्षक पुकार गहतराजले खेलाडी राम्रो खेल पस्केको भएपनि गोलको राम्रो अवसरहरु गुमाउदा हार ब्यहोनुपरेको बताए । टिम वर्क राम्रो भएपनि शुरुवातमा गोल खादा खेलाडीको मनोबाल गिरेको कारण दबाबमा परेको बताए । उता जित पनि दाफिन्सका प्रशिक्षक सिलो मार्टिनले रुपन्देहीसंग जित निकाल्दै धेरै कठिन भएको बताए । धेरै फाष्ट खेल भएको र स्टेमिनासहित आयोजक खेलेको उनले बताए । आफना खेलाडीहरु रिसाएर खेल्दा रातो कार्डको सिकार हुनुपरेको बताए । ‘हामिलाई जित्नु सहज थिएन ।’ –उनले भने । 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग