१८ बर्षे ठिटोले एक्लै हिँऊ सोहोरेर ४ दिनमा नै कमाए ३५ हजार अमेरिकी डलर

१८ बर्षे ठिटोले एक्लै हिँऊ सोहोरेर ४ दिनमा नै कमाए  ३५ हजार अमेरिकी डलर
वाशिङ्टन ।
"मौकामा जसले हिरा फोड्छ, त्यो नै हिरो बन्छ ।" यति बेला आइडाहोको १८ बर्षे मेहेनती केटो डेभिड हल्स्टनको चर्चा जताततै चुलिएकोछ । वाशिंगटन स्थित एक अस्पतालमा उपचार गराई रहेकी आफ्नी आमालाई भेट्न आइडाहो देखि आएको समयमा वरपरको हिँऊ सोहोरेर ३५ हजार अमेरिकी डलर कमाएपछि चर्चा हुनु स्वाभाविक नै हो ।
डेभिडको आमा सियाटलको अस्पतालमा शैल्यक्रियापछि सुधारको क्रममा थिइन्  । त्यत्तिकैमा वाशिंगटन राज्य वरपर ७० बर्ष पछिकै उच्च हिमपात भयो । सि एन् एन् लाई उदृत  गर्दै डेभिड भन्छन्; "सियाटलमा हिँऊ पर्दा सिटी र त्यहाँका बासिन्दा हिँऊ सफा गर्न प्राय अभ्यस्त र तयारी नरहने हुँदा  मेरो साथी स्टिभले मेरो घरमा भएको हिँऊ सफा गर्ने ट्रक ल्याएमा पैसा कमाउन सकिने कुरा अघिल्ले पटक नै भनेकाले ११ घण्टा परको बाटो भएपनि मैले आफ्नो घरमा भएको ट्रक ल्याएँ । मेरो आमाको जन्मदिन मनाउन अस्पताल जानु अघि नै मैले क्रेगलिष्टमा "स्नो प्लाऊ  सर्भिस" को बिज्ञापन गरिसकेको थिएँ । बिज्ञापन गर्ने बित्तिकै १ हजार डलरको काम पनि पक्का भइसकेको थियो । आमाको जन्मदिन मनाई सकेपछि म तुरुन्तै हिँऊ सफा गर्ने काममा लागें । मध्यरात सम्ममा काम सकें । पहिलो काम गर्दा गर्दै मैले फोन मार्फत पर्याप्त कामहरु लिई सकेको थिएँ । १५ ठाउँमा काम गरें । ५०० देखि ७५० डलर प्रतिघण्टाको दरमा काम गर्दा ४ दिनमा नै ३५ हजार डलर कमाएछु" ।
राष्ट्रीय मौसम बिभागका अनुसार यो बर्ष उत्तरपश्चिम शहर सियाटल आसपास फेब्रुअरीमा ७० बर्ष  यताकै भारी हिमपात भएकोले त्यहाँको जनजिबन अस्तव्यस्त बनेको हो । न्यूयोर्क जस्तो बर्षेनी भारी हिमपात हुने ठुला शहरमा हिँऊ व्यवस्थापनको लागि शहर तयारी हुन्छ । नागरिकहरुले पनि आफ्नो जोहो गरिसकेका हुन्छ । तर अकस्मात अत्याधिक हिँऊ पर्दा साना शहरहरू तयारी नहुँने हुँदा डेभिड र स्टिभ जस्ता स्मार्ट मेहेनती केटाहरुले मौकाको सदुपयोग गर्दछन् । डेभिडले भगवानले आफूलाई यो अवसर दिएको भन्दै कमाएको २० प्रतिशत रकम चर्चलाई चन्दा दिने र बाँकी केहि रकम पहिलो घर खरिदको लागि बचाएर राख्ने बताएका छन्  । आखिर भगवानले दिने भने कै उचित समयमा उचित काम गर्ने मेहेनतीलाई नै हो । 
श्रोत : एजेन्सीको सहयोगमा 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग