एप्पलले टेक्ससको प्लानो र फ्रिस्कोको स्टोर बन्द गर्दै

एप्पलले टेक्ससको प्लानो र फ्रिस्कोको  स्टोर बन्द गर्दै
टेक्सस । 
टेक्ससको डलास नजिकको शहर प्लानो र फ्रिस्कोमा रहेको एप्पलका स्टोर बन्द गरिने भएको छ । प्लानोको विलो बेन्डमा रहेको र फ्रिस्कोको स्टोनव्रिएर सेन्टरमा रहेको आफ्ना स्टोर बन्द गर्न लागिएको एप्पल कम्पनीले जनाएको छ । कम्पनीले त्यस क्षेत्रका  २ स्टोर बन्द गरेपछि भने गलेरियामा नयाँ  स्टोर सुरु गर्ने उल्लेख गरेको छ । 
दुई स्टोर आउदो अप्रिल पछि बन्द गर्न लागिएको जानकारी शुक्रवार कम्पनीले सार्वजनिक गरेको छ । प्लानोमा रहेको स्टोर टेक्ससको एप्पलको पुरानो स्टोर मध्ये एक हो । 
यो स्टोेरलाई एप्पलले सन् २०१६ मा रिमोडल समेत गरेको थियो । कम्पनीले अन्य एप्पलका स्टोरलाई अपग्रेड गर्ने उद्देश्य सहीत ती २ स्टोर बन्द गर्न लागिएको जनाएको छ । कम्पनीका अनुसार डलासको नर्थ पार्क सेन्टर,क्नोक्स स्ट्रिट, साउथ लेक टाउन स्क्वायर र फोटवर्थको युनिभर्सिटी पार्कमा रहेको स्टोरलाई थप व्यवस्थित गर्ने तर्फ कम्पनीले ध्यान दिनेछ । डलास फोर्टवर्थ क्षेत्रमा मात्रैं एप्पलमा १ हजार कामदार रहेका छन् भने अस्टिनमा थप ५ हजार कामदार रहेका छन् । एप्पलले अस्टिनमा अपरेशन सेन्टर वृद्दि गर्न लागेको छ सो संगै  थप ६ हजार बढी रोजगारी सिर्जना हुने बताइएको छ ।
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग