तिलोत्तमा गोल्डकपको उपाधिका लागि पुलिस र डफिन्स भिड्ने

बुढासुब्बाकप हारको बदला लिने दाउमा पुलिस

तिलोत्तमा गोल्डकपको उपाधिका लागि पुलिस र डफिन्स भिड्ने
 
स्वस्तिक श्रेष्ठ
बुटवल, ११ फागुन
रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लबले डफिन्ससंगको फाईनल भिडन्त पक्का गरेको छ । शनिबार भएको दोस्रो सेमीफाईनलमा भ्याली च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउदै नेपाल पुलिस क्लबले फाईनल भिडन्त पक्का गरेको हो । यो सिजनको खप्तड कप विजेता रहेको पुलिस तिलोत्तमा गोल्डकप उचाल्ने तयारीमा छ । धरानमा भएको बुढासुब्बा कपमा सेमिफाइनलमा डफिन्ससंग भएको हारको बदला समेत लिने दाउमा पुलिस रहेको छ । उपाधिका लागि फाईनल खेल सोमबार हुने छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टर खेलमैदान भएको खेलमा शुरुवाती अवसरलाई सदुपयोग गर्न नसक्दा च्यासल प्रतियोगिताबाट बाहीरियो । खेलको शुरुवातबाट नै च्यासलका अरमान बिडियमले राम्रो मोभ बनाएका थिए । खेलको ९ औ मिनेटमा पुलिसको डिफेन्सलाई छकाएर गरेको उनको आर्कषक प्रहार गोलकिपर शत्रुघन चौधरीले विफल पारिदिए । यसैगरि प्रहरीका निरबहादुर राईले फिकिकमार्फत गरेको प्रहारलाई च्यासलका गोलकिपर दिनेश थापा मगरले क्लियर गरिदिए । 
प्रहरीले शुरुवाती दुबै गोल कर्नरमार्फत गर्न सफल भयो । खेलको १५ औ मिनेटमा प्रहरीका तेज तामाङ्गले गरेको कर्नरलाई बिक्रम धिमलले गोलमा परिणत गरे । खेलको ३३ मिनेटमा फल गरेपछि च्यासलका अरमानले पहेलो कार्ड पाएका थिए । खेलको दोस्रो हाफमा पुनः कर्नरमार्फत गोल गर्दै पुलिसले अग्रतालाई दोब्बर गर्न सफल भयो । खेलको ५७ औ मिनेटमा तेज तामाङकै कर्नरलाई बिक्रम धिमलले हेडमार्फत दोस्रो गोल गरे । दुई गोलले पछि परेको च्यासललाई खेलको ६० औ मिनेटमा झट्का लाग्यो । च्यासलका क्याप्टेन अमिर श्रेष्ठ हेम तामाङलाई फल गरेपछि रातो कार्ड पाउदै मैदान छोडे । दश खेलाडीमा सिमित च्यासल दबाबमा खेल्न थाल्यो । खेलको ८० औ मिनेटमा रबि पासवानले तेस्रो आकर्षक गोल गरे । च्यासलको डिफेन्सको कमजोरीको फाईदा उठाउदै तेज तामाङको क्रसमा रबिले गोल गरेका थिए । खेलको अन्तिम समयमा च्यासलका सन्त बहादुर गुरुङले सान्त्वना गोल गरेका थिए । अरमान विडियमको प्रहारलाई प्रहरीका गोलकिपर शत्रुघन चौधरीको हातबाट फुस्केको बललाई गुरुङ्गले जाली चुमाए । खेलमा विजेता पुलिसका विक्रम धिमाल म्यान अफ द म्याच घोषित हुदै नगद १० हजारसहित गिफट हेम्परबाट पुरस्कृत भए ।
हार पछि च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले शुरुवातमा राम्रा ३ वटा अवसरलाई आफनो खेलाडीहरुले गोल गर्न नसक्दा हार ब्यहोरेको बताए । अघिल्लो खेलको तुलनामा आफना डिफेन्सको केही कमजोरी देखिएको उनले बताए । नया र निरन्तर प्रशिक्षण नहुदा पनि खेलाडीको प्रदर्शन कमजोरी भएको उनले बताए । यता जितपछि नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले विपक्षी टिमको खेल बुझेर रणनीति बनाउदा सफल भएको बताए । सोचको समयमा २ गोलको अग्रतासंगै युवा टिमले जित दिलाएको बताए । नया र युवा टिम सेट भैसकेकाले पनि फाईनलको राम्रो तैयारी भएको उनले दाबी गरे । टिममा दुई खेलाडीको अभावलाई नया युवा टिमले स्थान लिन सकेको उनले बताए । युवा खेलाडी अभिषेक रिजाल भारतमा २१ वर्षमुनिको खेलमा र सुमन लामा ईन्जुरीका कारण मैदान बाहिर छन ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग