कंगोका अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईयो

कंगोका अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाईयो

न्युयोर्क 

अमेरिकास्थित ट्रम्प प्रशासनले डेमोक्र्याटिक रिपब्लिक कंगोका उच्च अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।  गत डिसेम्बरमा कंगोमा भएको निर्वाचनमा ती अधिकारीहरुले गरेको  मानव अधिकार उलंघनका  घटना  र भ्रष्टाचारका  कारण  ट्रम्प प्रशासनले गत शुक्रबारदेखि उनीहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको हो ।


अमेरिकी विदेश मन्त्रालयका अनुसार कंगोस्थित राष्ट्रीय बिधान सभाका अध्यक्ष औबिंन मिनाकु संबैधानिक अदालतका प्रमुख बेनोईट लोम्बा बिन्दु र राष्ट्रीय निर्वाचन आयोगका अध्यक्ष कर्नेली नागा लगायत अन्य तिन मुख्य सदस्य माथि प्रतिबन्ध लगाईएको हो । साथै विदेश मन्त्रालयले केही नाम र संख्या नखुलाईएका  निर्वाचन आयोगका सदस्य, सेना र सरकारी अधिकारीलाई समेत अमेरिकामा प्रतिबन्ध लगाईएको जनाएको छ । प्रतिबन्ध लगाईएका सबै अधिकारी र उनका नजिकका  परिवारलाई समेत भविष्यमा अमेरिका प्रवेश भिषाका लागि अयोग्य ठहर्याउँदै र यस अगाडि नै भिषा लिएको अवस्था भएमा त्यो भिषा समेत स्वत: रद्ध हुने गरी प्रतिबन्ध लगाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी सरकारसँग कंगोमा भएको निर्वाचनमा ब्यापक भ्रष्टाचार, मानव अधिकार उलंघन सम्वन्धि घटनाको यथेष्ट प्रमाण भएको समेत प्रष्ट पारेको छ ।
विदेश मन्त्रलायले अमेरिका सधै कंगोका जनताको पक्षमा रहेको समेत जनाएको छ । विदेश मन्त्रालयले केही अधिकारीहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाए लगतै कंगोस्थित निर्वाचन आयोगले अमेरिकाको आरोप सत्य नभएको भन्दै अस्विकार गरेको छ ।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग