नेपालीले युलेसमा साचेको अर्को सपना, सहयोगी मनले हुदैंछ साकार

नेपालीले युलेसमा साचेको अर्को सपना, सहयोगी मनले हुदैंछ साकार
विश्व न्यूज संवाददाता
अर्विङ । 
अमेरिकाका पहिलो पटक आफ्नैं स्वामित्वको नेपाली मन्दिर बनाएका डलास फोर्टवर्थक्षेत्र वासी नेपालीको अर्को महत्वकांक्षी वहुआयामिक महत्वको वृहत्त मन्दिर बनाउने सपना साकारहुने दिशामा अघि बढेको छ । नेपाली मन्दिर भनेर चिन्न सजिलो रहेपनि नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र(एनसिएससी)को मातहतमा धार्मिक तथा सांस्कृतिक एकताको धरोहरको रुपमा नेपाली मन्दिरलाई लिने गरिन्छ । 
हाल अर्विङमा रहेको नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी)ले संचालन गरिरहेको नेपाली मन्दिर डलास फोटवर्थ क्षेत्रका नेपालीको बढ्दो चाप र नेपालीका बढ्दो सामाजिक गतिविधिस“गैं साघुरो हुनथालेपछि युलेस क्षेत्रमा अर्को वहुआयामिक महत्वको वृहत्तर योजना अघि सारिएको छ । झण्डैं ४ दशमलव ५ मिलियन डलर धनराशीमा योजना पुरागर्न सकिने लक्ष्य सहीत एनसिएससीले  नया योजना अघि सारेको थियो । यसलाई सुरुवातमा महत्वकांक्षी मानिएको भएपनि यस क्षेत्रवासी नेपालीको सक्रिय सहभागिता र सहयोगी भूमिकाले त्यो सपना साकार हुने दिशामा अघि बढेको छ । 
पशुपति नाथको मन्दिर, बौद्ध स्तुपा, पर्याप्त पार्किङ क्ष्ँेत्र, ध्यान शिविर कक्ष, नेपाली पाठशालाका लागि आवश्यक कक्ष, हवन कक्ष, सभा हला, प्ले ग्राउण्ड जस्ता आवश्यक पूर्वाधारसहीतको योजनालाई सन् २०२२ भित्र सक्ने लक्ष्य एनसिएससीले लिएको छ । आउ“दो दशैंमा निर्माणको थालनी गर्ने गरी काम अघि बढाइएको छ । 
आर्थिक रुपमा ठूलो धनराशी लाग्ने सो योजनालाई मूर्त रुप दिन एनसिएससी, बोर्ड अफ ट्रष्टी योजनावद्ध रुपमा अघि बढेको छ । यस क्षेत्रवासी नेपालीले समेतविगतमा जस्तैं खुला हृदयले त्यसमा सहयोगी भूमिका निभाइरहेका छन् । शनिवार आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले एनसिएससीले फन्ड राइजिङ कार्यक्रमको आयोजना गर्यो । थप ३ सय संस्थापक थप्ने लक्ष्य सहीत त्यसवाटं ३ लाख डलर संकलन गर्ने उद्देश्य राखिएको छ । जसमा शनिवार मात्रैं २ लाख २६ हजार सहयोग उठेको छ । त्यो प्रतिवद्धता गरिएको रकम चरणवद्ध रुपमा दिन मिल्ने व्यवस्था मिलाइएको छ ।   यस्तैगरी अन्य ३ वटा कार्यक्रम समेत फन्ड राइजका लागि गरिने बताइएको छ । शनिवारको कार्यक्रममा मिलेको सहयोगले आफूहरुको हौसला अझ बढाएको एनसिएससीका अध्यक्ष सुरेश पोखरेलले बताए । 
आर्थिक कारणले डलास फोर्ट वर्थ क्ष्ँेत्रमा नेपालीले नेपालीका लागि थाल्ने योजना नरोकिने विगतकैं दृष्टान्त रहेको बताउ“दैं एनसिएससी बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्यालले आगामी दिनमा पनि यसैंगरी सहयोग प्राप्त हुने र योजना समयमैं सकिनेमा आफुहरु आशावादी रहेको बताए । 
प्रवासमा नेपाली भाषा, साहित्य, धर्म, संस्कृति, सदाचारी नैतिक आचरणको संरक्षण सम्वद्र्दन र पुस्ता हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दैं आएको वहुआयामिक एनसिएससी केन्द्रले यस क्षेत्रमा नेपालीलाई जोड्न समेत महत्वपूर्ण योगदान दिदैंआएको छ । 
शनिवार भएको कार्यक्रममा डा. मुरली अधिकारी, रमेश पाखेरेल,शैलेश आचार्य, जीवन जोशी, कृष्ण लामिछाने,धनञ्जय ढकाल, चिन्तामणी बराल, बाल जोशी लगायतले धारणा राखेका थिए । सो अवसरमा बोर्ड अफ ट्रष्टीका फाइनान्स भाइस प्रेसिडेन्ट मनोज सिग्देलले प्रोजेक्टवारे आफ्ना धारणा राखेका थिए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग