बुद्ध जयन्तीमा अन्तराष्ट्रिय ध्यान दिवस पनि मनाइने

बुद्ध जयन्तीमा अन्तराष्ट्रिय ध्यान दिवस पनि मनाइने
 
विश्व न्युज संवाददाता
सिकागो, अमेरिका ।
 
वुद्ध पुर्णिमालाई अन्र्तराष्ट्रिय ध्यान दिवसको घोषणा संगसंगै यो वर्षदेखि वुद्ध जयन्तीमा अव देखि एक अन्र्तराष्ट्रिय ध्यान दिवसको रुपमा मनाइने भएको छ । इन्टरनेशनल मेडिटेसन डे प्रोक्लेमेशन नामक घोषणापत्रमा भर्जिनिया राज्य सेनेटर जेनिफर बोय्स्को, हाउस अफ डेलिगेट्स मेम्वर जन जे बेल, लाउडन काउन्टी बोर्ड अफ सुपरभाइजर्स् फिलिस जे र्यान्डल, ओशो तपोवन नेपालका संस्थापक वोधिसत्व स्वामी आनन्द अरुणले हस्ताक्षर गरि आधिकारीक रुपमा अन्र्तराष्ट्रिय ध्यान दिवस घोषणा गरेका हुन् । भर्जिनियामा आयोजित एक कार्यक्रममा घोषणापत्रमा हस्ताक्षर गरि उक्त दिवसको घोषणा गरेका थिए । यो संगसंगै भर्जिनिया राज्यवाट वुद्ध पुर्णिमा अन्र्तराष्ट्रिय ध्यान दिवसमा रुपमा मनाइने छ । वैशाख पुर्णिमामा पर्ने वुद्ध जयन्ती, गौतम वुद्ध जन्मेको, निर्वाण प्राप्त गरेको र देहान्त भएको दिन हो । 
 
भर्जिनिया अमेरीकामा आत्महत्या उच्च दर हुने राज्य मध्ये पर्दछ । कार्यक्रममा सवैले भर्जिनियामा सवै उमेरका व्यक्तिलाई ध्यान तथा योगाको आवश्यकता औल्याएका थिए । कार्यक्रममा राज्य सेनेटर विगतमा पनि भर्जिनियामा ध्यान तथा योगाको अभ्यास भएको जानकारी दिएकी थिइन् । “विधालयको पाठ्यक्रममा पनि समाजवेश गर्नको लागि वृहत योजना बनाईरहेका छौ” उनले भनिन् । कार्यक्रमको लागि आउदा आउदै वाटोमा अर्को वाटो गएकोले ढिलो भएको अनुभव सुनाउदै हाउस अफ डेलिगेट्स् मेम्वर जे वेलले भने “आगामी दिनमा सवारी चलाउदा म मेरो वाटो विराउन चाहान्न ।” मेन्टल थेरापिष्टको रुपमा काम गर्दै आएकी वोर्ड अफ सुपरभाइजर्स र्यान्डलले भर्जिनियामा स्कुलका विधार्थी तथा युवाले समेतलाई ध्यान आवश्यकता रहेको बताउदै आफुसमेत ध्यानमा इच्छुक रहेको बताइन् । कार्यक्रममा वोल्दै आनन्द अरुणले ध्यान गर्न सवैभन्दा सजीलो काम भएको बताए । “हामी ध्यानप्रति सचेत छैनौ, यो धेरै सजीलो छ । छोटो समय मात्र गर्ने हो भने मात्र हाम्रो तनाव धेरै कम हुन्छ र आफ्नो जीवनस्तरमा परिवर्तन आउछ” उनले भने “अमेरीकामा सवै सुख सुविधा छ यहाँ ध्यान तथा योगा फैलन सक्यो भने यो स्वर्ग जस्तै बन्न सक्छ ।” 
 
मानिसलाई ध्यानप्रति रुचि भएपनि यसमा प्रशस्त ज्ञान नभएकोले ध्यान दिवसले सवैलाई सचेत तथा प्रोत्साहित गर्ने बताए । “विश्वभरी नै अन्र्तराष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने हो भने धेरै मानिस ध्यानवाट लाभान्वित हुन पुग्छन् जुन अहिलेको समयमा आवश्यक छ” उनले भने । यसै कारणले गर्दा उनले लामो समयदेखि वुद्ध पुर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन विभिन्न रुपमा पहल गर्दै आएको बताए । वुद्धले पहिलोपटक ध्यानमार्फत अहिसांको वाटो देखाएका थिए । विगत तिन वर्षदेखि आफु यो एजेन्डा लिएर अगाडी वढेकोले आफ्नो लागि यो ऐतिहासीक दिन भएकोे उल्लेख गरे । कार्यक्रममा सहभागीले ध्यानप्रति चासो देखाएपछि केहि वेर ध्यान समेत गराएका थिए । सिनेटर वोय्स्को, हाउस अफ डेलिगेट्स्का मेम्वर जे बेल र वोर्ड अपप सुपरभाइजर्स र्याण्डलसंग भएको व्यक्तिगत कुराकानीमा आनन्द अरुणले वुद्ध तथा नेपालको वारेमा जानकारी दिएका थिए । साथै उनले ओशो तपोवनमा आउने आमन्त्रण पनि दिएका थिए । उनीहरुले आनन्द अरुणको कामलाई स्रहाना गर्दै काउन्टी तथा राज्यको तर्फवाट प्रशंसापत्र समेत दिएका थिए । नेपालले चाहेको खण्डमा संयुक्त राष्ट्रसंघवाट नै पारीत गराउनको लागि नेपाल सरकारले राष्ट्र संघमा प्रस्ताव गराउन सक्छ । यो भन्दा अगाडी भारतले अन्र्तराष्ट्रिय योगा दिवसको लागि राष्ट्र संघमा प्रस्ताव लगेको थियो । सोही प्रस्तावअनुसार अन्र्तराष्ट्रिय योगा दिवस घोषणा भएको थियो । भर्जिनियामा विगत केहि वर्षदेखि ध्यान सञ्चालन गर्दै आएका ओशो सन्यासी सुवर्ण पन्तले यहाँवाट अन्र्तराष्ट्रिय ध्यान दिवस घोषणा हुनु ठुलो उपलव्धी भएको बताउदै कार्यक्रममा सहयोग गर्ने सवै नेपाली समुदायलाई धन्यवाद दिएका थिए । 
 
यो कार्यक्रममा आनन्द अरुणको पहल तथा अमेरीकामा रहेका ओशो सन्यासी र नेपाली समुदायको समन्वयमा भएको थियो । कार्यक्रममा हरि शर्मा दधि ढुङगाना र प्रेमराजा महतले समेत मन्तव्य राखेका थिए । घोषणापत्रमा पन्त र शर्माले समेत हस्ताक्षर गरेका छन् । नेपालभन्दा वाहिर विभिन्न मुलुकमा ध्यान तथा योगा शिविर गराउदै गराउदै आएका आनन्द अरुणले अमेरिकामा विगत ११ वर्षदेखि हरेक ६ महिनामा ध्यान तथा योगा शिविर गराउदै आएका छन् । साथै उनले हरेक पटक अमेरीकास्थित विभिन्न राज्यमा रहेका नेपाली समुदायलाई लक्षित गरि ध्यान तथा तनाव व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने गर्दछन् । उनले एक क्यालिफोर्नियाको सानडियोगोमा ओशो निर्भना नामक एक कम्युन सहित फ्लोरिडा, टेक्टस, टोरोन्टो, न्युजर्सी, पेन्सलभेनिया लगायतका स्थानमा कैयौ ओशो ध्यान सेन्टर स्थापना गरेका छन् । उनले स्थापना गरेका ध्यान केन्द्रमा ओशो मात्र नभई विपासना, सुफी लगायतका अन्य धार्मीक तथा आध्यात्मिक गुरुले प्रतिपादन गरेका ध्यान समेत हुने गरेको छ । आनन्द अरुणले स्थापना गरेका ओशो कम्युन तथा सेन्टरमा हरेक वर्षमा वुद्ध पुर्णिमा विभिन्न ध्यान कार्यक्रम गरि वुद्ध जयन्ती मनाइने गरिन्छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग