आइशाले स्कुल डिष्ट्रिक्टमा लड्ने

आइशाले स्कुल डिष्ट्रिक्टमा लड्ने
विश्व न्यूज संवाददता
अर्विङ । 
 
युवाअवस्थामैं नेपाली समुदायभित्र सामाजिक अभियानमा सक्रिय रह“दैं आएकि आइशा ओझाले अव अमेरिकी मुलधारको राजनितिमा पाइला अघि बढाएकी छन् । उनले अमेरिकाको विद्यालय व्यवस्थापन तहको राजनितिवाट आफूलाई अघि बढाएकि हुन् । उनी टेक्ससको डलास फोर्टवर्थ क्षेत्र भित्र पर्ने हर्स,युलेस र वेदफोर्डको इन्डिपेन्डेन्ड स्कुल डिष्ट्रिक्ट परिषद्को उम्मेद्वार बन्ने भएकि छन् । यो विद्यालय अनुगमन गर्ने निकाय हो । यो क्षेत्र नेपालीको बाक्लो बसोवास रहेको क्षेत्र भित्र पर्दछ । यस क्षेत्रमा २५ सय बढी कर्मचारी, १४ सय शिक्षक र झण्डैं २३ हजार विद्यार्थी रहेका छन् । कुल ९० हजार मतदाता रहेका छन् । यस डिष्ट्रिक्ट परिषद्मा चार वर्षका लागि कुल ७ जना परिषद् सदस्य रहने भएपनि क्रमिक रुपमा केही संख्या घट्ने गर्द छ । 
 
अहिले ७ मध्ये ३ जनाको समयावधि सकिएकाले निर्वाचन हुन लागेको हो । जसमा एक जना निर्विरोध भएको अवस्था छ भने अन्य २ संख्याका लागि १ आइशा उम्मेद्वार बन्ने भएकि हुन् । आफू यही शिक्षाप्रणालीवाटैं आएकाले यहा शिक्षा अवस्था बारे आफ्नो भोगाईले त्यहागर्न केही गर्न सकिन्छ भन्ने लागेरआफू उम्मेद्वार बन्न लागेको बताउदैं आइशाले नेपालीले धेरैं कुरा बुझ्न नसक्दा विद्यालयवाट समेत समान अवसर नेपालीका वालबालिकाले पाउन नसकिरहेको जनाइन् । उनी शिक्षा प्रणालीमा धेरैं सुधार गर्न सकिने र त्यसका लागि आफु अगाडि बढ्ने बताइन् । शनिवार आइशाले आफ्नो उम्मेद्वारी घोषणा तथा अन्तरक्रिया कार्यक्रम समेत गरिन् । आइशाले युनिभर्सिटी अफ आर्लिङटनवाट स्नातकोत्तर सकेकी छन् । भोटर रजिष्ट्रेशनमा नाम भएकाले मतदानमा भाग लिन पाउनेछन् । अप्रिल २२ देखि २८ सम्म अर्लि भोटिङ र मे ४ मा मतदानको कार्यक्रम रहेको छ 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग