टेक्ससमा नेपाली महिला समिट हुने

टेक्ससमा नेपाली महिला समिट हुने
विश्व न्यूज संवाददाता
टेक्सस । 
 
अमेरिकामा रहेका नेपाली महिलाको शसक्तिकरण, महिलामा स्वालम्वन र नेतृत्व विकासका लागि टेक्ससमा महिला समिट आयोजना हुने भएको छ । टेक्ससमा रहेको नेपलिज अमेरिकन च्याम्वर अफ कमर्श, गैर आवासीय नेपाली संघ अमेरिका र नेपाली वेमन ग्लोवल नेटवर्कको संयुक्त आयोजनामा  मार्च २ मा समिट हुन लागेको हो । पहिलो पटक आयोजना गरिएको यस प्रकारको समिटमा अमेरिका विभिन्न राज्यमा रहेका विभिन्न क्षेत्रमा संलग्न परिचित महिलाहरुले त्यसमा आफ्ना धारणा राख्नेछन् । र समिटमा प्रतिनिधिमुलक रुपमा अमेरिकामा विभिन्न शहरवाट महिलाको सहभागिता रहने बताइएको छ । 
कार्यक्रममा अमेरिकी भूमिमा विभिन्न क्षेत्रमार्फत सफलता हासिल गरेका महिलाको सफलताको कथादेखि कसरी सफलता हासिल गर्न सकिन्छ, अमेरिकी भूमिका महिला स्वालम्वनको दिशामा कसरी अघि बढ्न सक्छन्, नेतृत्वमा कसरी आउन सक्छन् यी यस्ता विभिन्न विषयमा समुहगत रुपमा समेत छलफल हुनेछ । सो अवसरमा विभिन्न शिर्षकमा छुट्टाछुट्टैं छलफलको कार्यक्रम समेत राखिएको आयोजक संस्थाले जनाएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग