शेर्पा र सिन्धी किन सम्पन्न ?

शेर्पा र सिन्धी किन सम्पन्न ?
 
योगेश आदी

ygshdngl@yahoo.com

नेपालको शेर्पा र भारतको हिन्दू सिन्धीबीच अचम्मको संयोग छ । यी ढाई अक्षरले चिनिने दुई प्रजातीहरु गणना गर्दा शेर्पा नेपालमा ०.३ प्रतिशत छ भने सिन्धी पनि भारतमा ०.३ प्रतिशत नै छन् । नेपालमा करिब डेढ लाख शेर्पा बस्छन् भने विदेशमा करिब डेढ लाख छन् । त्यस्तै, भारत बस्ने सिन्धी र विदेशमा बस्ने सिन्धीहरु पनि बराबरी जस्तै छन् । नेपालका धनी जातमा अहिले शेर्पा पर्दछन् भने भारतमा सिन्धी पर्दछन् । भारतीय बिलिनेयरहरुको सूचीमा सबैभन्दा बढी सिन्धीया रहेको तथ्याङ्क छ । 
भारतमा किन सिन्धीया धनी भए ? र नेपालमा किन शेर्पाहरु सम्पन्न भए ? यसको कारण हो– राज्यको राजनीति । 
सन् १९४७ मा अंग्रेजले भारत छोडेर जाँदाको बखत पाकिस्तान पनि सँगसँगै स्वतन्त्र मुलुक बन्ने पक्का थियो । भारत र पाकिस्तानबीच भौगोलिक खिचातानी शुरु भयो । पाकिस्तानले आफ्नो उत्तरतर्फको स्वर्णभूमि जम्मुकाश्मीर छोड्नुपर्ने अवस्था आएपछि दक्षिणको ‘सिन्ध राज्य’ आफूतिर तान्यो । दुई देशबीच एक किसिमको बाध्यकारी सहमतिको अवस्था सिर्जना भयो । भूगोलमा ‘जम्मु काश्मीर’ इस्लामिक बाहुल्यता भइकन भारततिर र ‘सिन्ध’ हिन्दू बाहुल्यता भइकन पाकिस्तानभित्र अट्यो । तर, देशको राजनीतिले सामाजिक र सांस्कृतिक पक्षलाई समेट्न सकेन । फलतः तत्कालीन समयमा ६ मिलियन हिन्दू सिन्धीहरु पाकिस्तानबाट भारत छिरे । त्यसैगरी ६ मिलियनकै हाराहारीमा भारतीय मुस्लिमहरु पाकिस्तान पसे । सामाजिक, सांस्कृतिक र धार्मिक कारणले असुरक्षा महसुस गरी जायजेथा छाडेर अरुको भूमिमा पस्नुपर्ने बाध्यता चुलियो । अझ सन् १९५६ मा पाकिस्तानले आफूलाई इस्लामिक गणराज्य घोषणा गरेपछि पाकिस्तानका थप २ मिलियन हिन्दूहरु भारतमा शरणार्थी बन्न आए । जसमा अधिकांश सिन्धीजहरु थिए । 
भारत स्वतन्त्र बनेपछि भारतमा पहिलो लटमा १२ वटा राज्यहरु स्थापना भए । भारतमा २ हजार थरीका जनजाति समूह भए तापनि बाहुल्यताका आधारमा ठूला जातजातिका समूहले एक–एक वटा राज्यमा आधिपत्य राखे । तोकिएको राज्य नपाउने भाषिक र जातीय जमातले कमसेकम निश्चित ठाउँमा सामाजिक झुण्ड बनाएर सुरक्षित महसुस गरी बसे । तर, सिन्धीजहरु एकै ठाउँमा बस्न सकेन । बसेन । राज्यले सबैलाई उचित सम्बोधन गर्न सकेन । उता धार्मिक समस्याले गर्दा सिन्धी पाकिस्तान छाडेर भारत पसेका थिए भने यता ५ सय वर्ष अघि शेर्पाहरु महायाना बौद्ध धार्मिक दंगाबाट बच्न तिब्बतबाट नेपालको सोलुखुम्बु क्षेत्रमा पसेका थिए ।
भारतले सिन्धीलाई नागरिकको दर्जा दिए । नेपालले शेर्पालाई । काठमाडौंमा नेवारहरुले आन्तरिक व्यापार गर्दथ्यो भने सीमा क्षेत्रमा आलु, फापर, याकको मासु र काठको व्यापार शेर्पाहरुले गर्दथ्यो । सन् १८८० मा शेर्पाहरुले आलुलाई मुख्यबालीका रुपमा व्यापार गर्न शुरु ग¥यो । अंग्रेजले भारतमा विभिन्न इमारत, सडक बनाउन कामदारको माग गर्न थालेपछि धेरै शेर्पाहरु दार्जीलिङ तरे । व्यापार र कामको सिलसिलामा शेर्पाहरु छरिएर हिँड्न थाले । अन्य आदिवासी जनजाति जस्तो थातथलोसँग जोडिएको इतिहास नभएकाले शेर्पाहरुलाई तत्कालीन समयमा अरु जातजातिले महत्व दिएन । हिमाली भेगमा हिमचितुवासरह हिँड्न सक्ने शेर्पाहरुलाई बेलायतीहरुले हिमाली भेगमा सहयोगीका रुपमा प्रयोग गर्न थाले । शेर्पाको आकाश फराकिलो बन्दै गयो ।
भारत र पाकिस्तानको राजनीतिमा चेपिएका सिन्धीहरु जसरी व्यापार–व्यवसाय गरेर संसारको हरेक कुनामा पुग्न थाले । नेपाल, भारत र तिब्बतको मूलधारमा समेटिन नसकेका शेर्पाहरु हिमालमा बाटो देखाउने सारथी बनेर संसारमा चम्किन थाल्यो । भनिन्छ–संसारमा सबैको अस्तित्व सम्भव छ । मुलाको डोब मुला आफैँले बनाउन सक्छ । शेर्पा र सिन्धीले पनि तोकिएको एउटा स्थान पाएन, तर संसार पायो ।
आज त्यही सिन्धीले अमेरिकामा संसारकै सबैभन्दा महँगो हिन्दू मन्दिर बनाएर संसारलाई चकित पार्ने सामथ्र्य राख्दछ । त्यही शेर्पाले अरु नेपाली समुदायलाई चक्मा दिएर न्यूयोर्कमा शेर्पाको आफ्नै सामुदायिक भवन बनाएर देखाएको छ । शेर्पाको सम्मेलन हुँदा गरेको खर्च र तामझाम देख्दा अमेरिकन नै जिब्रो टोक्दछन् । पुर्खाले दुःख पाउँदैमा सन्ततीले दुःख भोग्नु पर्दैन । मेहेनत गर्नेले संसारका जुन कुनामा पुगे पनि हातमुख छुटाउनु पर्दैन ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग