साहित्यकार निहारिकासग टेक्ससमा अन्तरक्रिया

साहित्यकार निहारिकासग टेक्ससमा अन्तरक्रिया
 
विश्व न्यूज संवाददाता
टेक्सस । 
मदन पुरस्कार विजेता उपन्यासकार निलम कार्की निहारिकासग टेक्ससको डलासमा आइतवार अन्तरक्रिया गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सस डलास च्याप्टरको आयोजनामा अन्तरक्रिया गरिएको हो । सो अवसरमा  साहित्यकार निहारिकाले २०७४ को मदन पुरस्कार जितेको आफ्नो उपन्यास योगमायाका बारेमा धारणा राखेकी थिइन् । उपन्यासका साथैं साहित्यका अन्य  विधामा कलम चलाउदैं आएकी निहारिकाले सिर्जनाका लागि मेहनत र निरन्तरको लगाव आवश्यक पर्नेमा जोड दिइन् । 
संस्थाका अध्यक्ष कपिल अधिकारीको अध्यक्ष्ँता र सचिव सुमन काजीको संचालनमा भएको कार्यक्रममा  साहित्य सर्जकहरुले आफ्ना कविता तथा गजल वाचन गरेका थिए । बेली, चिर हरण, अर्की आइमाई, हवन, योगमाया लगायतका साहित्यिक कृतिहरु प्रकाशन गरिसकेकी संचारकर्मी समेत रहेकी साहित्यकार निहारिकालाई सो अवसरमा सम्मान पनि गरिएको थियो ।
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग