ह्युष्टन र डलासको नेपाली संस्थाबीच सहकार्य बारे छलफल

ह्युष्टन र डलासको नेपाली संस्थाबीच सहकार्य बारे छलफल
विश्व न्यूज संवाददाता
ह्युष्टन । 
नेपालीको बाक्लो बसोबास रहेको टेक्ससको डलास र ह्युस्टनमा सक्रिय नेपालीका दुई संस्थाबीचमा सहयोग र सहकार्य हुने भएको छ । अनौपचारिक रुपमा विगतदेखिनैं सम्बन्ध स्थापित डलासको नेपाली समाज टेक्सस (एनएसटी) र ह्युष्टनको नेपलिज एशोसिएसन अफ ह्युष्टन (एनएएच) का बीचमा आगामी दिनमा सम्बन्धलाई अझ बलियो बनाउदैं लग्ने बारे छलफल भएको छ । दुई संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुका बीचमा सामुहिक ढंगवाट अगाडी बढ्न सकिने क्षेत्र तथा सहयोगका काममा एक अर्कालाई सहयोग गर्ने बारे छलफल भएको थियो । 
प्रवासमा भाषा,संस्कृतिको संरक्षण तथा प्रवद्र्दन देखि नेपालमा रहेका नेपाली र अमेरिकामा रहेका नेपालीलाई दुवैं संस्थाले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन् ।
दुई संस्थाका बीचमा भाईचाराको सम्बन्ध स्थापित गर्दै सामुहिक ढंगवाट अगाडि बढ्नुपर्ने काममा सहकार्य गर्ने बारेमा शनिवार छलफल गरिएको नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले जानकारी दिए । विभिन्न शहरमा सक्रिय नेपालीका संघ संस्थाका बीचमा समन्वय र सहकार्य हु“दा नेपालीको एकता झल्कने र सामुहिक ढंगवाट गर्नुपर्ने कार्यमा सघाउ पुग्ने भएकाले आफू त्यसतर्फ लागेको बताए । 
यस्तैं,नेपलिज एशोसिएसन अफ ह्युष्टनका अध्यक्ष डा. विष्णु नेपालले विगतदेखिनैं संघ संस्थाहरुबीच मिलेर अघि बढ्दा काम गर्न सजिलो पर्ने बताए । उनले विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिने कार्यक्रमहरुमा कलाकार बोलाउने देखि लिएर विभिन्न खालका सहयोगमा त्यसले सजिलो पार्ने बताए । उनले संघ संस्थाहरुका बीचमा सुमधुर सम्बन्ध बनाउदैं अघि वढ्नुपर्नेमा जोड दिदैं कम्तिमा वर्ष एक पटक भएपनि सबैं जुट्ने खालको कार्यक्रम गर्न सक्दा त्यसले अझ सहयोग पुग्ने जनाए । 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग