ट्रम्प माथिको अविश्वास बढ्दो, निर्वाचित हुनु अघि ‘अपराध’ गरेको दुई तिहाईको पत्यार

ट्रम्प माथिको अविश्वास बढ्दो, निर्वाचित हुनु अघि ‘अपराध’ गरेको दुई तिहाईको पत्यार
न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति मुलुक भित्र अविश्वास बढ्दो देखिएको छ । लामो समयका कानूनी सल्लाहकार एवं व्यापारिक सहयोगी माइकल कोहेनले ट्रम्पका गलत काम बारे अभिव्यक्ति सहित कागजी प्रमाण समेत सार्वजनिक गरे पछि अविश्वास गर्नेको मत बढेको हो । 
 
छुइनइपिआक विश्वविद्यालयले हालै गरेको सर्भेक्षण अनुसार दुई तिहाइ अमेरिकी जनता निर्वाचित हुनु अघि ट्रम्पले अपराध गरेको पत्याउन तयार भएका हुन् । यस्तै ४५ प्रतिशत जनताले ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेर पनि कानुन उल्लंघन कायम राखेको बताएका छन् भने ४३ प्रतिशत त्यसको विपक्षमा छन् ।
 
छुइनइपिआक विश्वविद्यालयको सर्भेक्षण सहायक निर्देशक टिम मालोयले ट्रम्पप्रतिको विश्वासमा संकट देखिएको बताए । सर्भेका बहुमत सहभागिले ठगी, ट्याक्स छली, संसदलाई ढाँटेको लगायत आरोपमा जेल सजायको भागिदार भइ सकेका कोहेन ट्रम्पभन्दा भरोसा योग्य रहेको समेत बताएका छन् । ५० प्रतिशतले सहभागि कोहेनले ट्रम्पलाई लगाएको आरोप सत्य रहेको बताएका छन् भने ३५ प्रतिशत मात्र त्यसको विपक्षमा छन् । कोहेनले ट्रम्पको निर्देशन बमोजिम नै आफुले चुनावी नतिजा प्रभावित पार्न दुई महिलालाई ‘हस मनी’ तिरेको र ट्रम्पले निर्वाचित भएपछि आफुलाई पैसा फिर्ता गरेको बताएका छन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग