ट्रम्प क्याम्पेनका पूर्व अध्यक्ष दोषी ठहर, चार बर्ष थुनामा बस्नुपर्ने

ट्रम्प क्याम्पेनका पूर्व अध्यक्ष दोषी ठहर, चार बर्ष थुनामा बस्नुपर्ने
न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्र एवं पुर्व चुनावी क्याम्पेन चेयरम्यान पउल म्यानाफोर्टलाई अदालतले दोषी ठहर गर्दै ४७ महिना जेल सजाय सुनाएको छ । २०१६ को राष्ट्रपति निर्वाचनमा रसिया संलग्नता एवं ट्रम्प क्याम्पेनसँगको सहकार्यबारे अनुसन्धान गरि रहेका स्पेसल काउन्सिल रोबर्ट मुलर नेतृत्वको टोलीले दायर गरेको मुद्दा बमोजिम म्यानाफोर्ट दोषी ठहर भएका हुन् ।
 
मुलरले उनलाई १९ बर्ष देखि २४ बर्षसम्म जेल सजायको माग गरेका थिए । तर, भर्जिनिया स्थित संघीय अदालतका न्यायाधिश टिएस एलिसले ६९ बर्षिय म्यानाफोर्टलाई झन्डै चार बर्षको मात्र जेल सजाए सुनाए । साथै म्यानाफोर्टलाई ६० लाख डलर देखि दुई करोड ५० लाख डलरसम्म जरिवाना हुने पनि सुनाइएको छ । उनले कति रकम राज्यलाई ठगि गरेको हो भन्ने अनुसन्धानकै चरणमा रहेको कारण जरिवानाको रकम तय हुन बाँकी भएको हो । 
 
युक्रेनको राजनीतिक सल्लाहकार रहेको बेला लाखौँ डलर कर छली गरेको एवं बैंक तथा सरकारलाई ठगी गरेको आरोप सहित मुलरले म्यानाफोर्ट बिरुद्ध गत बर्षा याममा मुद्दा दायर गरेका थिए । ट्रम्प क्याम्पेन र रसियाको सम्भावित सहकार्यबारे भने म्यानाफोर्टले पाएको सजायसँग कुनै सम्बन्ध नभएको न्यायाधिशले प्रष्ट समेत पारेका थिए । त्यसबारे भने मुलरको अन्तिम प्रतिवेदनमा प्रष्ट हुने अपेक्षा राखिएको छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग