राष्ट्रियसभा गृहमा विखण्डनवादी आन्दोलन त्याग्दै सिके राउतको उद्घोष– ‘हामी बुद्धका सन्तान हौँ’

राष्ट्रियसभा गृहमा विखण्डनवादी आन्दोलन त्याग्दै सिके राउतको उद्घोष– ‘हामी बुद्धका सन्तान हौँ’
 
काठमाडौँ 
विखण्डनवादी मुद्धा उठाएर लामो समयदेखि आन्दोलन गर्दै आएका सिके राउतले राज्यसँग सम्झौता गर्दै अब विखण्डनको मुद्धा नउठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।  राष्ट्रियसभा गृहमा एक कार्यक्रममा सहभागी हुँदै राउतले आन्दोलन सुरक्षित अबतरण भएको दावी गरे ।  ‘राजयले आन्दोलनको सम्वेदनालाई बुझिदियो । आन्दोलन कुनै पनि चरणमा विष्फोट हुने खतरा थियो । हामी बुद्धका सन्तान हौँ । अहिंसा हाम्रो रगतमा बसेको छ । शान्ति शरीरमा अन्तरनिहित भएर बसेको,’ उनले भने, ‘हामीले आन्दोलन सुरु गर्दा बुद्ध र गान्धीलाई सम्झेर सुरु गरेका थियौँ । हाम्रा माग केही सम्वोधन भए केही हुन सकेनन् ।  आन्दोलनका क्रममा हाम्रा सय–कडौँ कार्यकता पक्राउ परे, घाइते भए । म दुई दर्जन भन्दा बढी पटक म पक्राउ परे । मलाई धेरै पटक पक्राउ गर्दा म नराम्ररी घाइते भएँ । यद्यपि, शान्तिपूर्ण मार्गप्रति हाम्रो आस्था कहिल्यै पनि डगमगाएनौँ ।  त्यसैको परिणाम हो यो ।’
 
राउतले राज्यद्वार दमन भए पनि राज्यप्रति कहिल्यै प्रतिशोध नसाँधेको पनि बताए ।  ‘हाम्रो आन्दोलनमा कतै पनि दमन हुने वा गोलि चलाउने काम भएन । राज्य, प्रहरी जनता सबै धन्यवादका पात्र भएका छन् । हाम्रा बारेमा मिडिया र चिया गफमा हामीबीच भ्रम फैलाउने काम भैरह्यो । पहाडमा महाभूकम्प जाँदा तराईमा उपबासको अभियान चलायौँ,’ उनले भने, ‘अब समूदाय–समूदायमा लडाउनेहरुलाई स्थान नदिऔँ । हामीले आन्दोलन गरेको पनि अधिकारका लागि होइन । अधिकार तराई, पहाड हिमाल सबैतिरका जनतालाई चाहिन्छ । हिंसा र दमन गरे पनि हामी हिंसात्मक हुँदैनौँ भनेर हामीले अडान लियौँ, हाम्रा कार्यकर्ताले अडान लिए । त्यहि भएर अहिले शान्तिपूर्ण वार्ता भयो । हाम्रो एउटा मात्र माग भनेको जनतामा रहेको सार्वभौमसत्तालाई स्वीकार गर्दै राज्यले हामीलाई स्थान थिएको छ । यो राज्यको पनि जित हो र जनताको पनि जित हो । अब हामीले हिंसात्म आन्दोलन गरेर समय खेर फाल्ने समय छैन । हामी अब जनमत प्रयोग गरेर हामी हाम्रा अधिकार हाँसिल गर्ने छौँ ।’    
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग