मधेसमा फेरि घन्कियाे विखण्डनकाे नारा

मधेसमा फेरि घन्कियाे विखण्डनकाे नारा
जनकपुरधाम
 
नेकपासँग सहमति गरेर पहिलोपटक जनकपुरधाम पुग्दा सिके राउतका कार्यकर्ताले फेरि विखण्डनको नारा लगाएका छन् । नेकपासँग गरेको सहमतिमा अखण्ड र सार्वभौम नेपाल उल्लेख छ ।
 
तर, आईतबार सिके जनकपुरधाम पुग्दा पुरानै शैलीमा विखण्डको नारा लागेको छ । काठमाडौँबाट सिके राउत जनकपुर ओर्लिँदा एकातिर तालिम प्राप्त सुरक्षा दस्ता थिए भने अर्कातिर उनका समर्थकले ‘स्वतन्त्र मधेसको’ नारा घन्काएका छन् । 
 
राउतले पृथकतावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिरहँदा उनका कार्यकर्ताहरुले भने पुरानै नारालाई झनै चर्काएका छन् । 
 
मूलधारको राजनीतिमा प्रवेश गरेपछि आइतबार काठमाडौंबाट जनकपुर आएका राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका समर्थकहरुले स्वतन्त्र मधेसको नारा लगाएका थिए ।
 
‘फ्री मधेस’ लेखिएको झण्डा बोकेर राउतको स्वागतमा पुगेका कार्यकर्ताहरुले हिन्दी भाषामा विखण्डनको नारा लगाए । कार्यकर्ताहरुले लगाएको नारामा ‘नेपाली उपनिवेश मुर्दावाद, मधेश देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायत रहेका थिए ।
 
राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताहरुले दस्ता नै बनाएका थिए । राउतको सुरक्षामा खटिएका स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरु जनकपुर विमानस्थलमा सतर्क अवस्थामा देखिए । 
 
राउतका आठजना निजी सुरक्षा दस्ताले कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चश्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झण्डा लिई विमानस्थलमा उभिएका थिए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग