सन् २०२१ देखि अमेरिकीलाई युरोप घुम्न भिषा चाहिने

सन् २०२१ देखि अमेरिकीलाई युरोप घुम्न भिषा चाहिने
न्यूयोर्क
युरोप भ्रमणमा जाने अमेरिकी नागरिकले सन् २०२१ देखि छुट्टै भिषा लिनु पर्ने भएको छ । युरोपको सेञ्जेन क्षेत्र घुम्ने अमेरिकीका लागि युरोपियन ट्राभल इन्फरमेसन एण्ड अथोराइजेसन सिष्टम (इटिआईएएस) बाट नयाँ खाले भिषा लिनु पर्ने प्रावधान लागु गरेको युरोपियन युनियन (इयु)ले शुक्रबार घोषणा गरेको हो । 
 
अमेरिकाले इयुका पाँच सदस्य मुलुकहरु बुल्गेरिया, क्रोएसिया, पोल्याण्ड, रोमानिया र साइप्रसका नागरिकलाई अरु देशका नागरिक जस्तै सहजै भिषा दिन अश्विकार गरेको थियो । त्यसैको प्रतिकृया स्वरुप इयुले आफ्ना सदस्य देश घुम्न अमेरिकीलाई भिषा लागु गर्ने निर्णय गरेको हो । युरोपियन कमिसनले ती पाँच सदस्य मुलुकका नागरिकलाई पनि भिषा रहित आवागमन सुनिश्चित गर्न अमेरिका समक्ष माग गरेको थियो । इयुले आफ्नो सेञ्जेन क्षेत्रमा २६ वटै सदस्य देशका नागरिकलाई भिषा रहित स्वतन्त्र आवागमनको सुविधा दिएको छ भने अमेरिकासँग पनि त्यही माग गरेको थियो । 
 
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भए पनि युरोपियन कमिसनले अमेरिका समक्ष सबै सदस्य देशका नागरिकलाई समान भिषा नीति अख्तियार गर्न अमेरिकासँग माग दोहोर्याएको थियो । तर, गत जुनमा युरोपेली संसदले अमेरिकी नागरिकलाई भिषा लगाउने प्रस्तावको पक्षमा मतदान गर्यो । त्यसपछि इटिआईएएस मार्फत भिषा लिनु पर्ने निर्णय इयुले सार्वजनिक गरेको हो ।
 
अहिलेसम्म युरोपका साञ्जेन क्षेत्रमा अमेरिकीले ९० दिन बिना भिषा यात्रा गर्न पाउने प्रावधान रहेको छ । इटिआईएएसको वेब साइट अनुसार सुरक्षा प्रवर्धन र अवैध आप्रवास एवं आतंकबाद निवारणका लागि भिषा लिनु पर्ने नयाँ नियम लागु गरेको जनाएको छ ।  ‘हाम्रो सीमा क्षेत्रमा को प्रवेश गरेका छ भन्ने हामीले थाहा पाउनु पर्ने हुन्छ, युरोपियन कमिसनका प्रमुख जेन–क्लाउड जन्करको भनाइ वेवसाइट उदृत गर्दै लेखिएको छ– यो प्रणालीबाट युरोप आउन लागेको व्यक्ति बारे उसको प्रवेश अगावै हामीले जानकारी लिन सक्छौँ ।’ नयाँ नियम अनुसार अमेरिकी नागरिकले युरोप घुम्ने भिषाका लागि अनलाईनबाटै आवेदन दिन सक्नेछन् । त्यस बापत सात युरो शुल्क तिर्नु पर्नेछ भने भिषा तीन बर्षसम्म कायम हुनेछ । यस्तो फर्म भर्न १० मिनेट भन्दा बढि नलाग्ने र ९५ प्रतिशत बढि व्यक्तिका हकमा अटोमेटिक स्वीकृत हुने पनि जनाइएको छ ।
(एजेन्सीको सहयोगमा)
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग