ओलीलाई भिम रावलकाे काउण्टर

ओलीलाई भिम रावलकाे काउण्टर

काठमाडौं

राष्ट्रिय अखण्डताको कुरा गर्दा आफूलाई आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तथानाम भनेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावल पनि काउन्टरमा उत्रिएका छन् । 

उनले नेपाल आमालाई गालीगलौज गर्दै टुक्रयाउन मधेशीहरुसंग समेत साँठगाँठ गर्ने सिके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिनु नै गलत भएको ओलीलाई सचेत पारेका छन् । 

रावलले अलग देशको नेता झैं सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा गर्नु कहाँसम्मको खेल हो भनी प्रश्न गरेका छन् । 

नेता रावलले त्यस्ता गलत कुराहरु आफू विरुद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् भनेका छन् ।

उनले ट्वीटरमा ट्वीट गरेको सन्देश यस्तो छ ‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’

रावलले गत शुक्रबार सिके राउतसंग सरकारले गरेको सहमतिप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएका छन् । जेलबाट छुटेको मान्छेसंग रातारात पार्टीमा छलफलसमेत नगरी विवादित सहमति गर्नु गलत भएको रावलले बताउँदै आएका छन् । 

ओलीले भने आफ्नो गल्ती ढाकछोप गर्ने क्रममा आफ्नो पार्टीदेखि विपक्षी सम्मलाई गाली गर्न छाडेका छैनन् । 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग