प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल

विराटनगर

प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको छ। मंगलबार प्रधानमन्त्री ओलीसंग त्यस बिषयमा कुराकानी भएको नेकपा अध्यक्ष दाहालले जानकारी गराएका हुन्।

‘यस विषयमा आज प्रधानमन्त्रीसंग कुरा भएको छ’ विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले भने ‘सल्लाह गरेर केही हेरफेर गरौला भन्नु भएको छ, तर मैले तपाईले मूल्यांकन गरेर निर्णय लिनुस् भनेको छु।’

उनले सरकार र सिके राउतबीच भएको सम्झौतालाई सकारात्मक भन्दै त्यसबारे शंका गर्न नहुने बताए। सरकारले गरेको सम्झौताले संविधानको सर्वस्वीकार्यता वढाउन मद्धत पुगेको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि यो कदम सकारात्मक भएको दावीसमेत गरे।

उनले सम्झौताका विषयमा पार्टीभित्र उठेका बिबाद पार्टीभित्रै व्यवस्थापन गर्ने उल्लेख गरे। अध्यक्ष दाहाल भने ‘यस विषयमा वाहिर नवोल्दा राम्रो हुन्छ।’ 

राजनीतिक मुलधार वाहिर पृथकतावादी आन्दोलनमा संलग्न संगठन तथा समुहलाई राष्ट्रिय मुलधारमा ल्याउन पार्टी र सरकार दुवै लागिपरेको उनको भनाई थियो।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग