आतंक फैलाउने विप्लबलाई प्रतिबन्धमात्र होइन, कार्बाही नै गर्नुपर्छः सभापति देउवा

आतंक फैलाउने विप्लबलाई प्रतिबन्धमात्र होइन, कार्बाही नै गर्नुपर्छः सभापति देउवा

विराटनगर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बम बिस्फोट गरेर समाजमा आतंक फैलाउने विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाउने मात्र नभई कारबाही नै गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले भने ‘जथाभावी बम बिस्फोट गर्ने, आक्रमण गर्ने र अशान्ति मच्चाउने बिप्लबलाई प्रतिबन्धमात्र होइन कडा कारबाही गर्नुपर्छ।’ मान्छे मार्ने काम राजनीतिक हुनै नसक्ने भन्दै उनले आफ्नै कार्यकर्ता पनि बिप्लबको आतंककारी गतिबिधिका कारण पीडित भएको उल्लेख गरे। सभापति देउवाले बम पड्काएर मान्छे मार्नेलाई त्यत्तिकै छाड्न नहुने बताए।

सीके राउतसंगको सहमति अमान्य
सरकार र सिके राउतबीच भएको सहमतिलाई राष्ट्रघाती भन्दै सभापति देउवाले त्यस्तो सहमति आफूहरुलाई मान्य नभएको उल्लेख गरे। देश टुक्र्याएर राष्ट्रिय अखण्डतामाथि प्रहार गर्ने काम सह्य नहुने उनले बताए। देउवाले भने‘ राष्ट्रिय अखण्डताका बिषयमा हुने जनमत संग्रह कुनै पनि हालतमा स्वीकार्य हुदैन।’

पूर्ब प्रधानमन्त्रीसमेत रहेका देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भएको घोटला प्रकरणको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिए। पछिल्लो प्रधानमन्त्रीको स्वास्थ्य अबस्था राम्रो नभएका कारण आफूले यस बिषयलाई नउठाएको भन्दै सभापति देउवाले अख्तियार लगाएर भए पनि वाइडबडी खरिदमा भएको अनियमितताको छानवीन गर्नुपर्ने उल्लेख गरे।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग