गृहमन्त्री थापालाई जेल हाल्न माग: ११ बुँदे सम्झौता जलाइयो

गृहमन्त्री थापालाई जेल हाल्न माग: ११ बुँदे सम्झौता जलाइयो

काठमाडौं

विखण्डनवादी अभिव्यक्ति दिदै आएका स्वतन्त्र मधेसका संयोजक सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिको बिरोध गर्दै सहमतिपत्र जलाइएको छ । 

बुधबार स्वतन्त्र राष्ट्रिय अभियान नामक संगठनले माइतीघर मण्डलामा प्रर्दशन गर्दै विरोध जनाएकाे हाे  ।

गत शुक्रबार नेपाल सरकारका प्रतिनिधि र पृथकतावादी नेता सिके राउतसँग गरेको ११ बुँदे सम्झाैताकाे प्रतिलिपी जलाउने कार्यक्रम सम्पन्न गर्दै सरकारकाे कडा आलोचना गरेका छन् ।  

प्रतिलिपी जलाउनु अघि आयोजकहरुका तर्फबाट सरकार र पृथकतावादी नेता सिके राउतको विरोधमा नाराबाजी र काेणसभा गरिएको थियो ।

सिके राउत र सम्झौतामा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा र सिके राउतलाई जेल हाल्नु पर्ने माग उनीहरुको थियो ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग