नेत्रविक्रम चन्दले मलाई नै मार्ने योजना बनाएको सुन्दा दया लाग्यो : पुष्पकमल दाहाल

नेत्रविक्रम चन्दले मलाई नै मार्ने योजना बनाएको सुन्दा दया लाग्यो : पुष्पकमल दाहाल

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै सचिवालयमा सचिव भएर काम गरेका चन्दले आफैलाई पहिलो चरणमा मार्ने योजना बनाएको सुन्दा दया लागेको प्रतिक्रिया दिएका छन् ।

उहाँले शान्ति विथोल्न खोज्ने जो कोहीलाई पनि कानून अनुसार कारवाही गरिने प्रष्ट पार्दै धम्कीको भरमा आधिपत्य जमाउने प्रयास नगर्न पनि चन्द समूहलाई चेतावनी समेत दिएका छन् । 

नेत्र विक्रम चन्द समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष दाहालले सशस्त्र द्वन्द्वको परिकल्पना नगर्न चन्द समूहलाई चेतावनी दिए ।

शहीद तथा वेपत्ता योद्धाहरुको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले धम्कीका भरमा आधिपत्य जमाउने कसैको प्रयास सफल नहुने जिकिर गरे । उनले देशमा शान्ति तथा अमनचयन कायम गर्न राज्यले संविधान/ऐन कानून अनुसार कारवाही गर्ने बताए ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग