अमेरिकी राष्ट्रपतिको होडमा थपिए बेटो

अमेरिकी राष्ट्रपतिको होडमा थपिए बेटो
न्यूयोर्क
सन् २०२० को राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक प्रत्याशीको होडमा टेक्सासका उदाउँदा ‘स्टार’ बेटो ओ’रर्क प्रवेश गरेका छन् । एलपासोबाट तीन कार्यकाल हाउस अफ रिप्रिजेन्टेटिभ रहि रहेको बेटोले गत नोभेम्बरमा सम्पन्न चुनावमा टेक्सासका सिनेटर टेड क्रुजलाई कडा टक्कर दिएका थिए । 
 
दशकौँसम्म ‘सोलिड रेड स्टेट (एकछत्र रिपब्लिकन प्रभाव)’को रुपमा रहेको टेक्सासमा बेटोको सिनेट क्याम्पेनले डेमोक्रेटिक पार्टीलाई पुर्नजीवननै दियो । कुनै पनि राजनीतिक स्वार्थ प्रेरित सांगठनिक चन्दा अश्विकार गरेका उनले स–साना दाताबाटै उनले सात करोड डलर भन्दा धेरै रकम संकलन गरेका थिए । जबकी जसले दिएको चन्दा पनि स्विकारेका क्रुजले सिनेट क्याम्पेनका लागि संकलन गरेको भन्दा यो दोब्बर बढि रकम थियो ।  तीन प्रतिशत बिन्दु भन्दा कम मतान्तरले क्रुजसँग हारे लगत्तै बेटोलाई आगामी राष्ट्रपति प्रत्याशीको रुपमा आंकलन गरिएको थियो ।
 
झण्डै चार महिना लामो मौनता तोड्दै बेटोले बिहीबार बिहान भिडियो संदेश मार्फत उम्मेद्वारी घोषणा गरेका हुन् । श्रीमती एमीको साथ रहेर दिइएको सन्देशमा अमेरिकी अर्थतन्त्र, इमिग्रेसन, क्लाइमेट लगायतका समस्या एक अर्कामा अन्तर सम्बन्धित रहेको कारण छुट्याएर हेर्न नमिल्ने र त्यहीबाटोबाट समाधान गर्ने बताएका छन् । उनले तत्कालै एक चरण देश दौडामा निस्किने र मार्च ३० मा फेरि एलपासो फर्किएर पहिलो चुनावी सभा आयोजना गर्ने समेत जनाएका छन् । 
 
घोषणा लगत्तै बेटो बिहीबार पहिलो प्राइमरी चुनाव हुने आइवा पुगेका छन् । राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पसँग प्रतिश्पर्धा गर्न बेटोले पहिला आफ्नै दलका प्रत्याशीहरुसँग प्रतिश्पर्धा गर्नु पर्ने हुन्छ । सिनेटरहरु कमला ह्यारिस, एमी क्लोबुचार, कोरी बुकर, बर्नी स्यान्डर्स, एलिजावेथ वारेन लगायतले यस अघि नै डेमोक्रेटिक प्रत्याशीका लागि क्याम्पेन सुरुवात गरि सकेका छन् । पूर्व उप राष्ट्रपति जोए बाइडेन पनि यो भिडमा चाँडै सामेल हुने अपेक्षा गरिएको छ । 
 
उदारवादी युवाको छवि बनाएका बेटोको क्याम्पेनका लागि रकम संकलन गर्ने क्षमताले राजनीतिक पण्डितहरुको नजर उनी माथि परेको थियो । यदि उनले डमोक्रेटिक प्राइमरी जितेमा टेक्सासमा ट्रम्पलाई हराउन सक्ने भन्दै रिपब्लिकनहरु पनि झस्किएका छन् । ट्रम्पले बिहीबारै ‘क्रेजी’ भन्दै बेटोको आलोचना समेत गर्न भ्याए । गत महिना समेत ट्रम्पले एलपासोमा आयोजना गरेको चुनावी सभालाई चुनौती दिँदै समानान्तर सभामा सम्बोधन गरे लगत्तै बेटो उनको नजरमा तारो बनेका थिए ।
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग