१२ रिपब्लिकन सिनेटर सीमा संकटकालको विपक्षमा, ट्रम्पसँग अब भिटोको ‘अप्सन’

१२ रिपब्लिकन सिनेटर सीमा संकटकालको विपक्षमा, ट्रम्पसँग अब भिटोको ‘अप्सन’
न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सीमा क्षेत्रको संकटकाल विरुद्धको प्रस्ताव अमेरिकी संसदका दुबै सदनबाट पारित भएको छ । डेमोक्र्याट बहुल हाउस अफ रिप्रिजेन्टेटिभ सहजै पारित भएको प्रस्ताव बिहीबार सिनेटबाट पनि सदर भएको हो ।
 
१२ जना रिपब्लिकन सिनेटरले ट्रम्प संकटकाल विरुद्ध डेमोक्र्याटहरुले ल्याएको प्रस्तावको पक्षमा मतदान गरे । उनीहरुले राष्ट्रपतिलाई आफ्नो साथ रहे पनि अमेरिकी संविधानको मर्म अनुरुप शक्ति पृथकीकरणलाई जीवन्त राख्न संकटकाललाई समर्थन गर्न नसक्ने बताएका छन् । 
 
संकटकाल विरुद्ध सबै (४७ जना) डेमोक्र्याट र १२ रिपब्लिकन गरि ५९ सिनेटरले भोट हालेका हुन् । प्रस्तावको विपक्षमा ४१ रिपब्लिकन सिनेटरले भोट हाले । दुबै सदनबाट पारित प्रस्तावलाई ट्रम्पले भिटो मार्फत रोक लगाउन भने सक्छन् । यसबारे उनले संकेत समेत गरि सकेका छन् ।
 
सिनेटमा दुई तिहाई मत पाएको विधेयक मात्र राष्ट्रपतिलाई भिटो लगाउने अधिकार हुँदैन । संकटकाललाई आफ्नै दलको निर्विरोध समर्थन नरहेको र दुबै सदनमा सानदार बहुमत साथ पारित प्रस्ताव विरुद्ध भिटो लगाउँदा ट्रम्पलाई नैतिक प्रश्न भने उठ्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ । यदि यो प्रस्ताव अटेर गरे ट्रम्पको आफ्नो राष्ट्रपतिय कार्यकालको पहिलो भिटो हुनेछ । 
 
ट्रम्प संकटकाल बिरुद्ध रिपब्लिकन सिनेटरहरु रोजर विकर, मार्को रुवियो, रब पोर्टम्यान, सुसन कोलिन्स, लिसा मुर्कोउस्की, प्याट टोमी, रोए ब्लन्ट, लामर एलेक्सजेन्डर, मिट रोम्नी, र्याण्ड पउल र जेरी मोरनले मतदान गरेका हुन् । ट्रम्पले आफ्नो संकटकाल बिरुद्ध मत हाल्ने रिपब्लिकन सिनेटरले ‘डेमोक्र्याटको माग बमोजिम खुला सीमा र अपराधलाई बढावा दिएको’ ठहर हुने भन्दै ट्विट मार्फत पटक पटक डर देखाएका थिए । 
 
मेक्सिकोसँगको सीमाना पर्खाल लगाउने आफ्नो चुनावी बाचा पुरा गर्न संसदले आफुले भने बमोजिम रकम दिन अश्विकार गरेपछि गत महिना ट्रम्पले संकटकाल घोषणा गरेका थिए । संसदले बजेट नदिए पछि संकटकाल मार्फत रक्षा एवं अर्थ मन्त्रालय अन्तर्गतको रकम खर्चिएर बोर्डर लगाउने ट्रम्पको रणनीति छ । तर, त्यस बिरुद्ध बिभिन्न राज्यहरुले अदालतमा मुद्दा दायर गरि सकेका छन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग