न्युजिल्याण्डको मस्जिदमा भीषण आक्रमण, २७ जनाको हत्या

न्युजिल्याण्डको मस्जिदमा भीषण आक्रमण, २७ जनाको हत्या

क्रिस्टचर्च

न्यूजिल्याण्डको क्राइस्टचर्चका २ वटा मस्जिदमा भीषण आक्रमण हुँदा २७ जना मारिएका छन् । क्राइस्टचर्च र अर्को एक मस्जिदमा आक्रमण भएको हो । आक्रमणपछि सबै मस्जिद बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् । क्राइस्टचर्चका विद्यालयसमेत बन्द गरिएका छन् ।

नमाज पढेपछि आक्रमण भएको बताइएको छ । अल नूर मस्जिदमा क्राइस्टचर्चमा भोलिदेखि न्युजिल्याण्डसँग सुरु हुने तेस्रो टेस्ट क्रिकेट खेल्न पुगेको बंगलादेशी टोली पनि रहेको बताइएको छ । तर खेलाडी भने सुरक्षित रहेको उल्लेख छ ।

बंगलादेशका क्रिकेटर तमीम इकबालले ट्वीट गर्दै आफूहरु सुरक्षित रहेको बताएका छन् । तर घटनालाई भयाबहको रुपमा उनले उल्लेख गरे । यस्तै टिमका प्रवक्ताले सबै खेलाडी सुरक्षित रहे पनि मानसिक रुपमा तनबमा रहेको उल्लेख गरेका छन् । तेस्रो टेस्ट रद्द गरिएको छ ।

प्रत्यक्षदर्शीहरुले बन्दुकधारीले मानिसरुलाई सिधै छातिमा गोली हानेर हत्या गरेको बताएका छन् । आक्रमण करिब २० मिनेटसम्म भएको थियो । घटनामा कम्तीमा ६० जना घाइते भएको हुन सक्ने ती प्रत्यक्षदर्शीले बताए । आक्रमणकारीले सुरुमा पुरुषहरु रहेको प्रार्थना कक्षमा गोली हानेको थियो भने त्यसपछि महिला कक्षमा गएको थियो ।

न्यूजिल्याण्डका प्रधानमनन्त्री जेसिन्डा आर्डनले आजको दिन सबैभन्दा ‘कालो दिन’ भनेकी छन् ।  घटनापछि न्यूजिल्याण्डका सबै विद्यालय बन्द गरिएको छ । प्रहरी प्रमुख माइक बुशले विद्यालयसहित कार्यालय, पुस्तकालय बन्द गर्न निर्देशन दिएका छन् । आक्रमणमा को संलग्न छ भन्ने खुलेको छैन ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग