०७६ मा १५ दिन मात्रै राष्ट्रिय बिदा (सूचीसहित)

०७६ मा १५ दिन मात्रै राष्ट्रिय बिदा (सूचीसहित)

काठमाण्डाै

०७६ सालमा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ। सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार सरकारले राजपत्रमा प्रकाशित गरेको छ।

०७४ सम्म सरकारले २८ दिन बिदा दिँदै आएको थियो। ०७५ मा सरकारले १३ दिन सार्वजनिक बिदा कटौती गरेको थियो । ०७५ कै बिदालाई यस वर्ष पनि निरन्तरता दिइएको छ।

गत वर्ष सरकारी निर्णको विरोधमा विभिन्न जाति, समुदायले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो । तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको बिदा कटौती कायम गरेको छ।

१५ जेठको गणतन्त्र दिवस, २२ भदौको निजामती सेवा दिवस, २७ पुसको राष्ट्रिय एकता दिवस, १६ माघको सहिद दिवस, ७ फागुनको प्रजातन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका रूपमा मनाउने तर बिदा भने नदिने निर्णय सरकारले गरेको छ।

कार्यदलले किराँत चाड उँभौली (बुद्ध पूर्णिमा) र उँधौली, इद उल फित्र, बकर इद, मोहम्मद जयन्ती, क्रिसमस, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, ऋषिपञ्चमी (महिलालाई मात्रै), माघीपर्व र जनैपूर्णिमामा बिदा दिनुपर्ने सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले सो सिफारिस कार्यान्वयन नगर्ने र बिदा कटौतीलाई कायमै राख्ने निर्णय गरेको हो।

सरकारले विभिन्न धार्मिक चाडहरूमा सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा मात्र बिदा दिने छ ।

जसअन्तर्गत ४ जेठमा किराँत, राई, याख्या, सुनुवार, लिम्बु जातिको चाड उभौलि पर्व (वैशाख चण्डि पूर्णिमा), ६ भदौमा गौरा पर्व, इस्लाम धर्मावलम्बिहरूको पर्व इद, १६ कात्तिकमा छठ, वकर इद, २६ मंसिरमा किराँतीहरूको उधौली, ९ पुसमा क्रिश्चियनहरूको क्रिसमस, १५ पुसमा तमु ल्होसार, १ माघमा माघी तथा माघे संक्रान्ति, ११ माघमा सोनाम ल्होसार, १३ फागुनमा ग्याल्बो ल्होसारमा सम्बन्धित धर्मविशेष र क्षेत्रका लागि विदा हुन्छ ।

त्यस्तै, सिरुवा पर्व, धवथान्बु पर्व मनाउने जिल्लाहरूमा पनि बिदा दिने सरकारको निर्णय छ । १६ भदौमा तिजमा महिलाहरूलाई मात्र बिदा हुने छ भने जितिया पर्व मनाउने महिलाहरूले पनि बिदा पाउँछन् । शिक्षण संस्थाका लागि १६ माघ बसन्त पञ्चमीमा बिदा हुने उल्लेख छ।

चारवटा जात्रामा उपत्यकामा मात्र बिदा हुने छ । ३१ साउनमा गाइजात्रा, २७ भदौमा इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटे देखाउने जात्रा र ११ चैतको घोडेजात्रामा उपत्यकामा बिदा हुने भएको छ। अपांगता भएका कर्मचारीले अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा १७ मंसिरमा बिदा पाउनेछन् ।

जन्मजयन्तीमध्ये बुद्धजयन्तीमा मात्र सरकारले राष्ट्रिय विदा दिने निर्णय गरेको छ । आगामी वर्षको बुद्धजयन्ती ४ जेठ शनिबार परेको छ । १६ कात्तिकको गुरु नानक जयन्ती, २५ कात्तिकको फाल्गुनन्द जयन्तीमा सम्बन्धित सर्वसाधारण धर्मावलम्बीले मात्रै विदा पाउनेछन् ।

यी हुन् राष्ट्रिय बिदा हुने दिन
१ वैशाखः नयाँ वर्ष
१८ वैशाखः मजदुर दिवश
४ जेठः बुद्धजयन्ती
३ असोजः संविधान दिवश
१८–२२ असोजः दशैंं बिदा ९फूलपातीदेखि एकादशीसम्म०
१०–१२ कात्तिकः तिहार बिदा
९ फागुनः शिवरात्रि
२६ फागुनः होली 'पहाड', २७ फागुन मधेश
२८ फागुनः महिला दिवश

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग