एसईईमा सातथरी प्रश्नपत्र

एसईईमा सातथरी प्रश्नपत्र

काठमाण्डाै

यो वर्षदेखि एसईई प्रश्नपत्र सातथरीको हुने भएको छ । अनिवार्य ६ विषयका प्रश्नपत्र प्रदेशअनुसार फरकफरक तयार पारिएको हो । परीक्षा सञ्चालन केन्द्रबाटै हुँदैछ ।

शिक्षा ऐनअनुसार कक्षा १० को अन्त्यमा लिइने एसईई परीक्षा सञ्चालन प्रक्रिया तीन वर्षअघि नै बदलिनुपर्ने थियो ।

प्रदेशमा पर्याप्त संरचना नभएका कारण परीक्षा नियन्त्रण कार्यालयले केन्द्रबाटै परीक्षा गर्दै आएको छ । परीक्षा नियन्त्रण कार्यालयले सात प्रदेशका परीक्षार्थीलाई सातै प्रकारको प्रश्नको सेट बनाएर सम्बन्धित जिल्लामा पुर्याइसकेको जनाएको छ ।

यो वर्ष साधारण धारतर्फ ६ वटा अनिवार्य विषयको प्रश्न सात प्रकारको हुने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। अन्य धारमा धेरै विषय हुने भएकाले प्रदेशअनुसार फरकफरक सेटमा प्रश्न सोध्न कठिन छ। साधारण धारमा ६ विषय अनिवार्य हुन्छन् ।

‘छ विषयका लागि सात विषयमा एकएक सेट प्रश्न बनाउँदा ४२ सेट बनाउनुपर्छ । अन्य विषय पनि फरकफरक सेटमा प्रश्न बनाउन केन्द्रमा रहेको संयन्त्रले सकेन’, अधिकारीले भने, ‘एसईई परीक्षा प्रदेशस्तरमै सञ्चालन हुने अवस्था आएपछि मात्र हरेक विषयको प्रश्न फरक हुन्छ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग