जाडोमा डिप्रेसनबाट कसरी बच्ने ?

राजन गुरुङ
न्यूयोर्क
 
जब जाडो याम शुरु हुन्छ, दिन छोटो र रात लामो हुँदै जाने गर्दछ । जाडो याममा धेरै मानिसहरु सुस्त, थकान, उदासका साथै कामप्रति रुची कम भएको महसुस गर्दछन् । यो लक्षण मूलतः जाडो मौसममा सबै जनालाई हुने समस्या हो । अझ न्यूयोर्क जस्तो करिब पाँच महिना जाडो हुने ठाउँमा स्वाभाविकरुपमा यस लक्षणबाट यो शहर अछुतो रहन सक्दैन । मौसम बदलावको प्रभाव स्वास्थ्य मात्र नभई मानसिक रुपमा पनि प्रभाव पर्ने गर्दछ । यसलाई हामी जाडोमा हुने डिप्रेसन (मानसिक तनाव) पनि भन्ने गर्दछौं । मूलतः जाडोमा शरीरभित्र मेलाटोनिन हार्मोन बढ्ने गर्दछ । शरीरमा धेरै हार्मोन बन्ने गर्दछ, जसमध्ये यो मेलाटोनिन हार्मोन मुख्यतः रातको समय बढ्ने गर्दछ । अर्काे सेलाटोनिन हार्मोन, जुन दिनमा बढ्ने गर्दछ । 
अतः जाडो मौसममा दिन छोटो र रात लामो भएकाले यी दुवै हार्मोनबीचको सन्तुलनमा गड्बडी हुन पुग्दछ । यसै क्रममा मेलाटोनिन हार्मोनको मात्रा धेरै नै बढेर जाने गर्दछ । यसै हार्मोनले मानिसलाई मानसिक तनावतिर लैजाने काम गर्दछ र मानिसमा सामान्यरुपमा मानसिक तनावका केही लक्षणहरु देखा पर्न शुरु गर्दछ । तर, जब दिन लामो हुने क्रम बढ्दै जान्छ, यो समस्या स्वतः निवारण हुन्छ । मुख्यतः जाडोको समयमा पनि सूर्यको प्रकाश शरीरमा प्रवेश गराइरहँदा यो समस्याबाट बच्न सकिन्छ ।
लक्षणहरु
 
िलगातार थकित महसुस गरिरहनुका साथै कुनै कामपूति चाख घटेर जानु ।
िनकारात्मक विचार आइरहनु ।
िसबै कुराप्रति शंका हुनु र भुल्नु ।
िनिद्रा नआउने या निद्रा धेरै आइरहनु ।
िलामो समयसम्म उदास र निराश भइरहनु ।
िवजन बढ्नु, अधिक खानाप्रति रुची बढ्नु, चिढचिढाहपन भइरहनु ।
िएक्लै बस्न मन पराउनु, कसैप्रति चाख कम भएर जानु साथै नराम्रो विचार मनमा आइरहनु, रिस उठ्नु ।
 
समाधानका उपाय
 
सन्तुलित र पौष्टिक भोजन ।
पूर्ण आराम गर्नु, ६–८ घण्टा सुन्तु ।
तनावबाट बच्नु, योगाप्रति रुची बढाउनु ।
बिहान अबेलासम्म नसुती आफ्नो दिनचर्यालाई सधैंजस्तो पूर्णरुपमा गरिरहनु ।
धेरै मात्रामा पानीको सेवन गर्नु, जलजन्य पदार्थको प्रयोग धेरै गर्नु ।
हरेक दिन बिहान खुला हावामा आधा घण्टा व्यायाम गर्नु । किनकि मानसिक तनावमा व्यायाम करिब करिब औषधी जस्तै असरदार हुनेगर्दछ । विशेषज्ञहरुका अनुसार व्यायाम शरीरको न्यूरो ट्रान्समिटर र हार्मोनको श्राव (बहाव)लाई बढाउने काम गर्ने गर्दछ ।
साथीहरु र घरपरिवारसँग कुरा गरिरहनु ।
आफ्नो कुनै शौखलाई पूरा गर्ने कोसिस गर्नु, जसले तपाईंलाई खुसी दिनेछ । सकारात्मक विचार गरिरहनु ।
जाडो याममा हाम्रो शरीरमा भिटामिन डी को कमी भइरहने हुनाले सधैं दिनमा ४० मिनेट सूर्यको किरण लिने गर्नुपर्दछ ।
हरेक समय आफूसँग एउटा पेन र कपी सँगै राख्नुहोस् । जब मन गर्दछ आफ्नो मनको कुराहरु भावनाको शब्दहरु कोर्ने गर्नुस् । यसले मन शान्त हुने गर्दछ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग