रेखा थापा क्रिकेट टिमकाे मालिक

रेखा थापा क्रिकेट टिमकाे मालिक

काठमाडौँ

वैशाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने एनसिएल महिला टी-२० प्रतियोगिताका लागि अभिनेत्री रेखा थापाले क्रिकेट टिम किनेर मालिक बनेकि छन् ।

नायिका रेखाले उक्त प्रतियोगिताका लागि काठमाडौँ सुपर च्याम्पियन्स टिम किनेकी हुन् ।

पत्रकार सम्मेलनमा आफू १४ वर्षदेखि महिलाको क्षेत्रमा काम गर्दै आइरहेको बताउने नायिका थापाले अब महिला खेलकुदका क्षेत्रमा पनि योगदान पुर्‍याउने उद्देश्यले क्रिकेटको मार्ग रोज्दै टिम खरिद गरेको बताएकी छन् ।

प्रतियोगिताका लागि अब खेलाडी भित्र्याउनका लागि मिति चाँडै घोषणा गर्ने आयोजकले जानकारी दिएको छ ।

नेपालमा हुन लागेको यो पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग ‘एनसीएल वुमन्स टी-ट्वान्टी क्रिकेट लिग’को विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग