निर्मला हत्या प्रकरण: पूर्व एसपी विष्टद्धारा अदालत समक्ष आत्मसमर्पण

निर्मला हत्या प्रकरण: पूर्व एसपी विष्टद्धारा अदालत समक्ष आत्मसमर्पण

कञ्चनपुर

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टले अदालतमा आत्मसमर्पण गरेका छन्।

निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि विष्ट म‌गलबार  जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् ।

जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले विष्ट अदालतमा उपस्थित भएको जानकारी दिए। उनका अनुसार विष्टको बयान लिने तयारी भएको छ। विष्टको बयान पछि थुनथेक बहस हुने बताईएको छ।

पूर्व एसपी विष्ट सहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो। जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसला सुनाउदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्का जनही  ९ लाख तथा प्रहरी निरिक्षक जगदिस भट्ट ४ लाख धरौटी बुझाएर रिहा भएका थिए।

यस्तै निलम्बित प्रहरी नायव निरिक्षक हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

सोही दिन अदालतमा ६ जना मात्रै उपस्थित भएपछि उनीहरुको मात्रै बयान लिन थालिएको थियो। तत्कालीन एसपी विष्ट र निलम्बित सीआईबीका डिएसपी अंगुर जीसीलाई भने २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग