जनकपुरमा अचम्मकाे महामुर्ख सम्मेलन, महामुर्ख बन्न तछाडमछाड

जनकपुरमा अचम्मकाे महामुर्ख सम्मेलन, महामुर्ख बन्न तछाडमछाड

जनकपुरधाम

मिथिलाञ्चल सहित देशभर होलीको रौनक छाएको छ यतिखेर। पहाडी तथा हिमाली जिल्लाहरुमा आज होली मनाइँदै छ। तर, जनकपुरमा भने १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तरगृह परिक्रमा गरिसकेपछि मात्र होली मनाइने परम्परा छ ।

मिथिलाञ्चल सहित देशभर होलीको रौनक छाएको छ यतिखेर। पहाडी तथा हिमाली जिल्लाहरुमा आज होली मनाइँदै छ। तर, जनकपुरमा भने १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तरगृह परिक्रमा गरिसकेपछि मात्र होली मनाइने परम्परा छ।

विहिबार अन्तरगृह (जनकपुर) को परिक्रमा भइसकेपछि शुक्रबार जनकपुरमा होली पर्व मनाइने छ। वसन्त ऋतुको आगमनसँगै सद्भाव र भाइचाराको पर्वको रुपमा लिइने होलीलाई एकअर्काप्रति व्यङ्ग्य गर्ने पर्वको रुपमा समेत लिइन्छ।

आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात होली परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। तर मिथिलामा भने होली पर्वकोे अवसरमा एकअर्कालाई हँस्यौली ठठ्यौली गर्ने समेत परम्परा रहेको छ। मुख्य रुपमा जोगिरा (होलीमा गाइने लोकगीत) मार्फत व्यङ्ग्य गरिन्छ भने होलीमा गाइने यस्ता गीतहरुले पारम्परिक संस्कृतिको छनक समेत दिइरहेको हुन्छ।

होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा छ। र यसको संरक्षण तथा संवद्र्धनकालागि जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ। मिथिलाञ्चलमा जोगिरा (होलीमा गाइने मैथिली गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्य कला परिषद् (मिनाप) यो पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मलेनको आयोजना गर्दै आएको हो।

वास्तविक जीवनमा कोहिपनि आफूलाई महामूर्ख कहलाउन नचाहेपनि होलीको अवसरमा दिइने ‘महामुर्ख’ को उपाधि पाउन जनकपुरमा तछाडमछाड हुने गरेको छ। होलीको अवसरमा दिइने महामुर्खको उपाधि पाउने व्यक्ति आफूलाई गौरवान्वित ठान्ने गर्दछन्। उपाधि महामुर्खको रहेपनि पाउने व्यक्ति चर्चित राजनीतिज्ञ, साहित्यकार, कलाकार, सामाजिक अभियन्ताजस्ता हुन्छन्। अन्य वर्षझैं आज जनकपुरमा महामूर्ख सम्मेलनको आयोजना हुँदैछ।

जनकपुरधाममा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको हो। २०७३ सालमा सप्तरीको मलेठमा तत्कालिन एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो।

स्रोतका अनुसार प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता मिश्र मध्ये कुनै एकजनालाई महामुर्खको उपाधी दिने तयारी भईरहेको छ। महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरधाममा यसले निकै उचाई पाएको छ।

तर यसको प्रारम्भ विरगंजबाट भएको हो। मैथिली साहित्य परिषद विरगंज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो। पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए। महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिले देखिनै हुँदै आएको छ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग