सातै प्रदेशमा होली मनाइयो, मुख्यमन्त्रीहरु पनि होलीमा झुमे

सातै प्रदेशमा होली मनाइयो, मुख्यमन्त्रीहरु पनि होलीमा झुमे
काठमाडौँ । सातै प्रदेशका पहाडी भूमागमा रंगहरुको पर्व होली धुमधामका साथ मनाइएको छ । पहाडी क्षेत्रमा बुधबार होली मनाइएको हो । तराईका जिल्लामा आज होली मनाइदैँछ । प्रदेश एकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाएको । उनको सचिवालयले जानकारी दिएको छ ।  मुख्यमन्त्री शेरधन राईले यो पर्वले सबैलाई सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिलोस भनी शुभकामना दिएका थिए ।  
 
त्यस्तै प्रदेश २ मा भने आज होली मनाइदैँछ । प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेल अहिले हेटौडामा छन् ।  उनले आफू अस्वस्थ भएका कारण रंगको पर्व होलीमा रमाउन नसकेपनि प्रदेश ३ का सर्वसाधारणले उत्साहका साथ होली मनाएको बताए । मुख्यमन्त्री पौडेलले विगतमा भन्दा यो वर्षको होली शान्तिपूर्ण भन्दै र यसले सद्भाव बढाउने काम गरेको बताए । उनले प्रदेश ३ को राजधानी हेटौडामा हिजो र आज दुवै दिन महत्वका साथ मनाइने भएकाले यसको विशेष महत्व रहेको बताए ।
 
उनले धर्म र चार्डपर्वले जातिय विभेदलाई हटाउने काम गरेको भन्दै जातजाति, क्षेत्र तथा भूगोलको दूरीलाई चार्डपर्वले नजिक बनाउने र सबैलाई एक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।  त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि होलीले आपसी सद्भाव झल्काउने हुँदा यसको धामिक, सांस्कृति तथा राजनीतिक महत्व रहेको बताए । प्रदेशमा ५ को प्युठान, रोल्पा, पाल्पा, अर्घाखाँची लगायतका पहाडी भूभागमा रहेका जिल्लामा हिजो होलि मनाइएको छ भने, तराईका जिल्लामा आज मनाइदैँ छ ।  त्यस्तै कर्णाली प्रदेशमा पनि आज हर्सोल्लासका साथ होली मनाइएको छ । कणार्ली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यो ऐतिहासिक सांस्कृतिक पर्व रहेको भन्दै होलिले हिमाल, पहाड र तराईका नेपालीलाई एकताको सुत्रमा बाँध्ने काम गर्ने बताए । 
 
होलि रंगहरुको पर्व हो । यो पर्वले आपसी सद्भाव बाँड्नका साथै आम नेपालीबीच भाइचारको सम्बन्ध पनि मजबुद बनाउँछ । यो पर्वले सभ्य, सुसंस्कृत समाज निर्माणका लागि अहम भूमिका खेल्न सकोस होलि पर्वको अवसरमा समृत नेपाल निर्माण गर्ने सरकारको अभियान पूरा गर्न सबैको साथ सहयोग रहोस । सबैमा होलिको रंगीन शुभकामना ।
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग