विप्लव माओवादीलाई सरकारको चेतावनी, सरकोको नीति अनुसार चल्नु

विप्लव माओवादीलाई सरकारको चेतावनी, सरकोको नीति अनुसार चल्नु
 
काठमाडौँ । मन्त्रिपरिषदले यो हप्ता गरेका निर्णय आज सार्वजनिक गरिएको छ । गत चैत ४ गते सोमबार बसेको मन्त्री परिषदका २१ निर्णय आज सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत सरकारका निर्णय सुनाए । मन्त्रिपरिषदको बैठकले नेपाल भारत व्यापार र पारबाहन सम्बन्धी विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिए ।  त्यस्तै सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना सञ्चालन गर्न अस्थायी दरबन्दी स्वीकृत गरेको छ । 
 
त्यस्तै सरकारले जापान सरकारसँग मेमोरेन्डम कर्पोरेसनमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवालाई अख्तियारी दिने निर्णय गरेको छ । त्यस्तै सरकारले चलचित्र बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ । त्यसैगरी सरकारले औद्योगिक व्यवसाय नियमावली, कर्जा सुरक्षण नियमावली, नेपाल पत्रकार महासघको चौथो संशोधन विधान २०७३ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
 
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले सुरक्षा चुनौति सामना गर्न आफ्नै प्रकारको नीति तय गर्ने बताए । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा सरकारको धारणा राख्दै मन्त्री बास्कोटाले समसामयिक अवस्था, सिर्जित समस्या समाधानका लागि चाल्नुपर्ने कदम, सीप, प्रविधि र दक्षतालाई ख्याल गर्दै सुरक्षा सतर्कता अपनाइने बताए । उनले सरकारले ल्याएको सुरक्षा नीति पनि देशमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्ने विषयलाई समेटेर ल्याइएको बताए । 
 
मन्त्री बास्कोटाले लगानी सम्मेलनका लागि सरकारले तयारी गरिरहेको पनि बताउनुभयो । उहाँले सरकारले नेपाल भ्रमण वर्ष २०२० मा लक्ष्य अनुसार पर्यटक भित्र्याउन र नेपाल आउने पर्यटकको बसाई अवधि लम्याउने विषयमा पनि सरकार गम्भीरताका साथ लागेको बताए । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरेका हिंसात्मक र ध्वंसात्मक गतिविधिमा प्रतिबन्ध लगाएको विषयमा उठेको सवालको जवाफ दिँदै मन्त्री बास्कोटाले  विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आग्रह गर्दै बमबारुद र गोलाबारुदको राजनीति अब नेपाली जनताले पत्याउँदैन भन्दै सही मार्गमा ल्याउन सरकारले अनुरोध गरेको बताए । उनले राजनीतिक विषयलाई शान्तिपूर्ण तवरबाट समाधान गर्न सरकार तयार रहेकाले सोही अनुसार अघि बढ्न विप्लव समूहलाई आग्रह पनि गरे । 
 
सरकार संविधानसभाबाट निर्माण भएको नेपालको संविधान कार्यान्वयनका लागि प्रतिबद्ध भएर लागेको भन्दै सरकार र सम्पूर्ण नेपाली संविधानमा भएको व्यवस्थाभन्दा माथि जानै नसक्ने बताए । संधिवान संशोधनको माग उठाउन पाएपनि संधिवान विपरीतका गतिविधि सञ्चालन गर्ने छुट कसैसँग नरहेको मन्त्री बास्कोटाले बताए ।  समृद्ध नेपाल सुखी नेपालीको मूल नारा लिएर अघि बढेको सरकारले संविधानमा भएको व्यवस्था अनुसार काम गर्ने बताए । उनले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्दै सम्पूर्ण नेपाली जनतालाई सरकारको अनुभूति दिलाउने गरी वर्तमान सरकारले काम गर्ने पनि प्रतिबद्धता जनाए ।   
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग