विप्लवलाई ओलीको अर्को चेतावनी–चैतभित्र नियन्त्रणमा लिइ छाड्ने प्रतिवद्धता

विप्लवलाई ओलीको अर्को चेतावनी–चैतभित्र नियन्त्रणमा लिइ छाड्ने प्रतिवद्धता
 
काठमाडौँ । पछिल्लो समय चन्दा आतंक र हिंसात्मक गतिविधिमा सक्रिय बनेको नेत्रविक्रम चन्द विप्लव समूहको नेकपालाई सरकारले नियन्त्रण गरिछाड्ने प्रतिवद्धता व्यक्त गरेको छ ।  राजनीतिक समूहका नाममा ध्वंसात्मक गतिविधिमा सक्रिय बनेको सो समूहका शीर्ष नेतालाई लगागार नियन्त्रणमा लिदैँ आएको सरकारले हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा नआए नियन्त्रण गर्ने बताएको हो । विप्लव समूहको गतिविधिप्रति असन्तुष्ट बन्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहे विप्लव समुहका गतिविधिलाई चैत महिना भित्र नियन्त्रण गरिसक्ने चेतावनी दिए । 
 
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।  प्रधानमन्त्री ओलीले विप्लव समुह सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्दै  नआए सो समुहका अतिवादी क्रियाकलाप चैत भित्रै सरकारले नियन्त्रण गर्ने चेतावनी दिए ।  प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका तथ्यहीन आरोपको खण्डन गर्न पनि प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिए । 
 
नेकपाका संसदीय दलका नेता समेत रहनु भएका अध्यक्ष ओलीले स्थानीय अब पार्टी एकताका लागि धेरै समय नलाग्ने पनि प्रष्ट पारे । उनले पार्टी एकता छिट्टै हुने सन्देशसहित जनता र कार्यकर्ताका बीचमा जान पनि सांसदहरुलाई आग्रह गरे ।  उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका फर्किएपछि एकता प्रक्रियालाई पूर्णता दिने बताए ।  
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग