न्यूयोर्कमा मधेशी समुदायको धुमधाम होली

न्यूयोर्कमा मधेशी समुदायको धुमधाम होली
न्यूयोर्क/अमेरिका 
मधेशी एसोसिएन अमेरिका न्यूयोर्क च्याप्टरले रंगहरुको पर्व होली हर्सोल्लासका साथ मनाएको छ । आइतबार ज्याक्सन हाइटस्थित शेर्पा किदुकको हलमा आयोजना गरेको कार्यक्रममा एक अर्काबिच रंगहरु दलेर होली खेलिएको हो । आपसी मेलमिलाप र सद्भाव साटासाट गर्दै बिभिन्न रंग र अबिरले रंगिएका नेपालीले निकै रमाइलो गरेका थिए । 
न्यूयोर्क र न्युजर्सीमा बस्दै आएका नेपालीको सहभागितामा बिभिन्न सांस्कृतिक कार्यक्रम,  खानपान गर्दै रंगहरुको पर्व मनाएको मधेशी एसोसिएन न्यूयोर्क च्याप्टरका अध्यक्ष मनोज सिंहले जानकारी दिए । मधेशको संस्कृतिलाई अमेरिकासम्म स्थापित गर्नका लागि यहाँ बसिरहेका मधेशी मुलका नेपालीहरुले सन् २००० देखि नै होली पर्व मनाउँदै आएको उनले भनाइ छ । प्रकृतिमा पनि होलीकै समयमा बसन्त ऋतुको सुरुवात हुने, फुलहरु फुल्ने रंगिन हुने भएकाले यो पर्वले प्रकृतिजस्तै मानिसको जीवन पनि रंगिन बनाउन सकेत गरेको हुन्छ । विगतमा भएका गल्ती कमी कमजोरीलाई बिर्सेर, मन माझाँमाझँ गर्दै एक अर्कामा सद्भाव र माया साट्ने अवसर होलीले जुराइदिएको हो । 
मधेशी समुदायका र अन्य सबै नेपालीहरुको उपस्थितिमा भएको कार्यक्रममा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रमुख अमृत राई, नेपाली महाबाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्यदूत पुष्पराज भट्टराई, बाणिज्युदूत कृषु क्षेत्री, अमेरिकी सिनेटर क्याट्लिना क्रुज, क्वीन्सबोरोको काउन्सिलमेन कोस्टा कन्स्टेन्टिनिडिस, एनआरएन एसीसीका बरिष्ठ उपाध्यक्ष शुनिल शाह, लगायत बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । सहभागीहरुले रंग उडाएर, सबैलाई अबिर लगाइदिएर होली खेलेका थिए । 
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु देखाइएको थियो । कार्यक्रममा गायक बसन्ती राई, अनु खड्का, कृष थापा लगायत साना नानीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । बसन्त डान्स सेन्टरको तयारीमा बिभिन्नखाले नृत्यहरु, भारतीय संस्कृति कार्यक्रम अन्तरगत होलीको गीतहरु प्रस्तुत गरिएको थियो । सबै नेपालीले मनाउँदै आएको होली पर्व नेपालमा पहाडी भेग तथा तराईमा हर्सेल्लासका साथ मनाइन्छ । 
अमेरिकाका बिभिन्न राज्य मेरिल्याण्ड, कोलोराडो, क्यालफोनिया, डिसी, लगायतमा बसिरहेका नेपालीले पनि हर्सोल्लासका साथ होली मनाएका छन् । 
 
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग