नेपाली अमेरिकन लिटिल ट्यालेण्ट आईडल न्यूयोर्कमा हुने

नेपाली अमेरिकन लिटिल ट्यालेण्ट आईडल न्यूयोर्कमा हुने
न्यूयोर्क 
नेपाली मुलका अमेरिकन युवा प्रतिभाहरूको क्षमता अभिबृद्दिका लागि नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल हुने भएको छ । यहाँ जन्मे हुर्केका नेपाली बाल बालीकाहरुमा ठूला प्रतियोगिताहरुमा भाग लिन प्रेरणा मिलोस् भन्ने उध्येश्य साथ प्रतियोगिता आयोजना गर्न लागेको युनाईटेड नेप्लिज एसोसिएशन (युएनए) चौथौं सम्मेलनका लागि सांस्कृतिक समितिका संयोजक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढा मगरले विज्ञप्ति मार्फत जनाएका छन् ।
 
आउँदो मे २५ र २६ मा न्यूयोर्कमा हुने यूएनए चौथो सम्मेलनको विशेष कार्यक्रम अन्तर्गत लीटल ट्यालेन्ट आइडल आयोजना गरिनेछ । नेपालीहरुको बाक्लो बस्ती रहेका राज्यमा स्थानीय नेपाली समाजका सुपरिचित ब्यक्तिमध्येबाट एक जना निर्णायक चुनिएको विज्ञप्तिमा जनाइएको छ । राज्य स्थित स्थानीय निर्णायकले गायन, नृत्य र अन्य कुनै पनि प्रतिभा भएको ७ देखि १६ बर्षसम्म उमेरका बालबालिका छनौट गरि उनीहरुको प्रतिभाको भिडियो क्लिप राज्य स्थित सेमी फाइनल निर्णायकहरु समक्ष पठाउनेछन् । 
 
राज्य स्तरमा रहने सेमी फाइनल निर्णायकहरुले सम्पुर्ण प्रतिस्पर्धीहरुबाट उत्कृष्ट  ३ जनालाई छानेरसांस्कृतिक टिम न्यूयोर्कलाई पठाउने छन् । त्यसपछि उत्कृष्ठहरुमध्येलाई फेसबुक पेज बनाइ भोटिङबाट सर्बोत्कृष्ठ प्रतियोगी छान्ने जनाइएको छ । प्रतियोगिताका लागि राज्यस्तर निर्णायकहरुमा टेक लामा र शिला आले (क्यालिफोर्निया– लसएन्जलस), चिरन्जीबी भट्टराई (नर्थ क्यारोलाईना), नवराज श्रेस्ठ (कोलोराडो), सुशिल बिश्वकर्मा (ओहायो), मोहन थापा ( बाल्टिमोर), बिमल डांगी (न्यूयोर्क), पबिता परियार (न्यू ह्यम्पसायर), सुरेश वाग्ले (मासाचुसेट्स– बोष्टन), घनश्याम खड़का (कनेक्टिकट), मिन दर्लामी र भुवन राई (इलाइनोइस– शिकागो), समीर बूढ़ाथोकी (न्यूजर्सी), अनुपमा प्रसाई (भर्जिनिया), देबराज कंडेल (नेब्रास्का), लोक छन्त्याल (पेन्सिल्भेनिया), रबी सिंङ बस्नेत (सान्फ्रान्सिस्को), रमेश पौडेल (टेक्सास), गीता शाही (नर्थ डकोटा) एवं बिक्रम घिमिरे (केण्टकी) छन् । 
 
यस्तै राज्यस्तर सेमिफाईनल निर्णायकहमा जगदीश समाल मगर, धर्मबीर लामा र बिजय नकर्मी छन् भने न्यूयोर्क अडिसन फाईनल निर्णायकमा सपना श्री, बिमल डांगी, रमेश सुनुवार, तिलक बम मल्ल, निशा सुनारलाई चयन गरिएको आयोजकले जनाएका छन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग