विप्लव–सरकारको आ–आफ्नै हठ, लगानी सम्मेलन विथोल्ने विप्लवको धम्की

विप्लव–सरकारको आ–आफ्नै हठ, लगानी सम्मेलन विथोल्ने विप्लवको धम्की
 
काठमाडौँ ।  सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगानी सम्मेलनलाई केन्द्रित गरेर आन्दोलन सुरु गरेपछि सरकारलाई टाउको दुखाईको विषय बनेको छ । पछिल्लो समय सरकार र चन्द समूहले आ–आफ्नै अडान राख्दै एक अर्काको आरोप प्रत्यारोपमा उत्रिएपछि थप समस्या भएको हो । सरकारले मुख्य नेताहरुलाई धमाधम पक्राउ गरिरहेको बेलामा विप्लवले लगानी सम्मेलनलाई केन्द्रमा राख्दै बन्दको घोषणा गरेको छ ।
 
चैत १३ गतेदेखि चैत २४ गतेसम्म आयोजना गर्न लागेको विभिन्न कार्यक्रमहरु अन्तरगत १३ गते विभिन्न शहरहरुमा चोक सभादेखि २४ गते आमसभा सम्मका कार्यक्रमहरु रहेका छन् । यसैको बीचमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको दोस्रो दिन विप्लव समूहले बन्दको आह्वान गरेको हो ।
 
विप्लवले जारी गरेको विज्ञप्तीमा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा बन्द गर्न लागिएको बताइएको छ ।
सरकारले आयोजना गरेको लगानी सम्मेलन यही चैत १५ र १६ गते काठमाडौंमा हुँदैछ । सो दिन विभिन्न देशका उच्च अधिकारी र लगानीकर्ताहरु नेपालमा आउँदैछन् । सोही दिन नै विप्लवले बन्द आयोजना गरेर सरकारलाई अफ्ठेरोमा पार्ने प्रयास गरेको हो ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग