जनताको अपेक्षाअनुसार अझै काम गर्न सकेका छैनौं

जनताको अपेक्षाअनुसार अझै काम गर्न सकेका छैनौं
 
पृथ्वी सुब्बा गुरुङ
मुख्यमन्त्री, गण्डकी प्रदेश
पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशमा मुख्यमन्त्री हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गुरुङसँग मोहन बास्तोलाले गरेको कुराकानी—
 
अहिले मुलुकमा दुई तिहाई नजिकको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार छ । सातमध्ये ६ ओटा प्रदेशमा पनि कम्युनिष्ट नेतृत्वकै सरकार छ । स्थानीय तहमा पनि कम्युनिष्टकै बाहुल्यता छ । तर, सरकारले अघि सारेको खुसी नेपाली समृद्ध नेपालको अभियानले अझै गति लिएको अनुभूति त जनताले गर्न पाएनन् नि ? 
पहिलो कुरा खुशी नेपाली समृद्ध नेपालको नारा नेकपाको मात्र नारा होइन । यो करीब तीन करोड नेपालीको नारा हो । हामीले यसलाई यसरी बुझ्नुपर्छ । हो, यो नारा मुलुकको प्रधानन्त्री समेत  रहनु भएको नेकपाका अध्यक्ष केपी शर्मा ओलीको मात्र होइन । यो सारा नेपालीको नारा हो । यो सबैको लक्ष्य पनि हो । अब हामी सबै नेपालीले समृद्धिको अभियानमा एकजुट भएर जुट्नुको अर्को विकल्प छैन । हामी सबै नेपाली एक भएर अघि बढ्ने हो भने मात्र यो नारा अभियानका रुपमा विकास हुने छ र साच्चै मुलुक पनि समृद्धिको दिशामा अघि बढ्ने छ । 
हो, अहिले सात प्रदेश मध्ये ६ ओटा प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सरकार छ । दुई नम्बर प्रदेशमा पनि नेकपाकै समर्थनमा सरकार बनेको छ । यसरी हेर्दा सात वटै प्रदेशमा सरकारमा सहभागी दलकै नेतृत्वको सरकार छ । यो समृद्धिको अभियान पूरा गर्नका लागि सकारात्मक सन्देश पनि हो । 
 
तपाईंले भनेजस्तो सात वटै प्रदेशमा वर्तमान सरकारमा सहभागी दलको सरकार छ । तर, अझै पनि जनताको अपेक्षाअनुरुप चाहिं किन काम हुन नसकेको त
मैले अघि पनि भनें हामी सबैको लक्ष्य भनेको खुशी नेपाली समृद्ध नेपाल नै हो । सरकार अहिले त्यही लक्ष्यअनुसार नै अघि बढेको छ । केन्द्र सरकार मात्र होइन प्रदेश र स्थानीय सरकार पनि त्यहि लक्ष्य अनुसार नै अघि बढेको छ । यो सबैको अभियान भएकाले सबै लाग्नु आवश्यक पनि छ ।
 
तपाईं त गण्डकी प्रदेशको मुख्यमन्त्री पनि हुनुहुन्छ । त्यति मात्र होइन तपाईं गण्डकी प्रदेशको नेकपाको इञ्चार्जसमेत हुनुहुन्छ । यो प्रदेशचाहिँ यो अभियानमा कत्तिको जुटेको छ ? 
सात वटै प्रदेश यो अभियानमा जुटेका त अवश्य छन् नै गण्डकी प्रदेश पनि अहिले सुखी नेपाली समृद्ध नेपालको अभियानमा जुटेको छ । यहाँका हरेक गतिविधि त्यसैसँग केन्द्रित रहेको छन् । कानुन निर्माणको कुरा होस या कानुनी राज्य स्थापना गर्ने कुरा नै किन नहोस् यहाँको सरकार यहि अभियानमा जुटेको छ । शुसासन र शान्ति–सुव्यवस्था कायम गर्ने सन्दर्भमा पनि यो प्रदेश लागिपरेको जानकारी गराउन चाहन्छु ।
 
भनेपछि तपाईंहरु केन्द्रीय सरकारको दिशा निर्देशअनुसार नै अघि बढ्नुभएको छ, होइन त ? 
हो, स्वाभाविकै रुपमा प्रदेश सरकार केन्द्र सरकारको दिशा निर्देश अनुसार नै अघि बढ्नुपर्छ । गण्डकी प्रदेश पनि त्यहि अनुसार नै अघि बढेको छ । हो, कतिपय सन्दर्भमा जनताले सोचे अनुसारको काम गर्न नसकेको सत्य हो । तर, अहिले पनि हामी जनताको चाहना अनुसार नै काम अघि बढाइरहेका छौँ । हामीले जनभावना अनुसार नै आफ्ना गतिविधिलाई अघि बढाई रहेका छौँ । हामीलाई यहाँका जनताले निकै ठूलो विश्वास गरेर विजयी बनाएर पठाएको भएकाले पनि हामीले जनताको अपेक्षा अनुरुप नै काम गर्ने प्रयास गरेका छौँ । 
 
प्रदेश संरचना स्वाभाविकै रुपमा नयाँ संरचना हो । नयाँ संरचना भएकाले स्वाभाविकै रुपमा काम गर्न केही अल्झन त हुने नै भए । यति हुँदाहुँदै पनि अहिले मुलुक संघीयतामा गएपछि सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुग्यो भन्ने गरिएको छ । यो अनुभूति चाहिँ गण्डकी प्रदेशका जनताले कत्तिको गर्न सके भन्ने लागेको छ ? 
गण्डकी प्रदेशका जनताले यो सरकारबाट निकै धेरै अपेक्षा गरेका छन् । हामीले पनि जनअपेक्षा अनुसार का मगर्न सकेकाले नै होला । यहाँका जनता पनि उत्साहित भएका छन् । उनीहरुले हामीले गण्डकी प्रदेश पायौँ । हामीले राजधानी पायौँ भनेर खुशी व्यक्त गरेका छन् । अन्य धेरै प्रदेशले अहिलेसम्म पनि प्रदेशको नाम र राजधानी पाउन सकेका छैनन् । त्यसैले यो प्रदेशका जनता यस अर्थमा पनि भाग्यमानी छन् । अहिले यहाँका जनताले हामी गण्डकी प्रदेश र पोखरा राजधानी भएको प्रदेशका जनता हौँ भन्न सक्ने भएका छन् । यो ठूलो कुरा हो । प्रदेश सरकारले गरेको यो ठूलो उपलव्धी पनि हो । हामीले यो सँगै विकास निर्माणका कामलाई पनि तिप्र गतिाम अघि बढाएका छौँ । यहाँका सबै जनताको मनोभावनालाई आधार मानेर हामीले गण्डकी प्रदेश नामाकरण गर्न सक्नु कम्ति चुनौतिको कुरा होइन । यो हामीले सफल ढंगले सम्पन्न गर्न सकेका छौँ । 
गण्डकी प्रदेशको अर्को सफलता भनेको जनताको घरघरमा पानीको व्यवस्था गरेका छौँ । धारा नभएको घरमा धाराको व्यवस्था गरेका छौँ । बाटोघाटो नभएको ठाउँमा बाटोघाटो पुर्याउने व्यवस्था गर्दै आएका छौँ । यो जनताले प्रत्यक्ष अनुभव गर्ने कुरा हो । हामी दुई वर्ष भित्रमा जुनजुन घरमा धारा र पानी छैन । ती–ती घरमा धारा र पानी पुर्याउने अभियानमा जुटेका छौँ । पाँच वर्ष भित्रमा प्रत्येक घरमा धारा र पानी पुर्याउने अभियानमा हामी जुटेका छौँ । यो अभियानमा जनताले हामीलाई व्यापक साथ र सहयोग गरेका छन् । 
हामीले घर–घरमा विद्यूत लाईन पुर्याउने कुरामा पनि हामी लागि परेका छौँ । त्यो अभियानमा पनि जनताको व्यापक सहभागिता र समर्थन रहेको छ । यो प्रदेश सरकारको पनि सफलता हो । हामीेले यसलाई पनि सफलताको रुपमा लिएका छौँ । यो अभियानमा प्रतिपक्षीहरुको पनि सहयोग रहेको छ । यसले हामीलाई अझ ढुक्कका साथ काम गर्ने अवसर सिर्जना भएको छ । हामीले यो कार्यकालमा जनताले अनुभूत गर्ने गरी काम गर्न सक्छौँ भन्ने आत्माविश्वास पैदा भएको छ । हामीलाई काम गर्न पनि उत्साह पैदा भएको छ ।  
त्यो सँगै हामी कृषिको व्यवासायी करण गर्ने कुरामा पनि ध्यान दिएका छौँ । कृषिको आधुनिकीकरण र व्यवसायी करणमा पनि हामीले ध्यान दिएका छौँ । कृषिलाई प्रविधिसँग जोड्ने कुरामा पनि हाम्रो ध्यान केन्द्रित भएको छ । यसले पनि कृषकहरुमा उत्साह पैदा भएको छ ।
 
भनेपछि अहिले जनतासँग गण्डकी प्रदेश प्रत्यक्ष जोडिएको छ  त ? 
निश्चय पनि, हामी अहिले जनतासँग जोडिएर काम गरिहेका छौँ । गण्डकी प्रदेश प्रर्यटन प्रर्वद्धनका लागि पनि निकै उपयुक्त प्रदेश हो । यो प्रदेशका २ सय ३८ वटा गाउँले त होमस्टे सञ्चालन गर्ने भनेर हामीसँग माग गर्नुभएको छ । यो खुशीको कुरा हो । त्योसँगै हामीले यो पाँच वर्षभित्रमा ऊर्जा, भौतिक पूर्वाधार जस्ता कुरामा पनि हामीले ध्यान दिएका छौँ । भौतिक पूर्वाधारकै कुरा गर्ने हो भने हामीले यो पाँच वर्ष भित्रमा सबै खोला–खोल्सीमा पुन निर्माण गर्ने छौँ । पुल अभावले कुनै पनि बाटा–घाटा रोकिने छैनन् । यो पाँच वर्ष भित्रमा प्रदेशका सबै पालिकामा हामीले बीच बाटो पुर्याएको हुने छौँ । यसमा सबै पालिकाको सहयोग रहेको छ । 
 
अब केही अधुरा काम पनि पूरा गरेर जनताको मन जित्ने गरी अघि बढ्नु हुन्छ ? 
हो, मैले अघि पनि भने हामीले अझै पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेका छैनौँ । हामी अब विस्तारै जनताको मन जितेर अघि बढ्ने छौँ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग