पत्रकार गौतमलाई नेजाको सहयोग

पत्रकार गौतमलाई नेजाको सहयोग
विश्व न्यूज संवाददाता
टेक्सस । 
नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले संस्थापक सदस्य जयदेव गौतम उपचारमा सहयोगमा लागि आर्थिक सहयोग प्रदान गरेको छ । नेजाले गो फन्ड मि अभियान चलाएर त्यसमार्फत जम्मा भएको ५ हजार २ सय ६९ डलर ७५ सेन्ट रकम सहयोग गरेको हो । नेजाले ५ सय १ आफ्नो कोषवाट गो फन्ड मि मा समावेश गरी सहयोग संकलन अभियान चलाएको थियो । 
अभियानको समयावधि भित्र जम्मा भएको रकमलाई गौतमलाई भेटेर नेजाको टोलीले हस्तान्तरण गरेको थियो । नेजाका डिसी मेट्रो क्षेत्रका संयोजक लिला ओझा, संस्थापक अध्यक्ष गिरिश पोखरेल, कार्यसमिति सदस्यहरु निदेश अधिकारी,वाबु खरेल, सदस्यहरु लेखनाथ भण्डारी, सम्झना पोखरेलको टोलीले आइतवार नेजाको तर्फवाट सो रकम हस्तान्तरण गरेको थियो । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग