पार्टी एकीकरण तलसम्म हुन नसक्दा धेरै कुरालाई असर गरिरहेको छ

पार्टी एकीकरण तलसम्म हुन नसक्दा धेरै कुरालाई असर गरिरहेको छ
यज्ञराज सुनुवार
सांसद, संघीय संसद्
 
मुलुकमा अहिले दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार छ । तर, जनताले अझै पनि यसको अनुभूत गर्न सकेका छैनन् । पार्टीभित्रै पनि अहिले विभिन्न खालका असन्तुष्टिका पहाड बन्न थालेका छन् । यसले पनि एकता प्रक्रियालाई केही धमिलो बनाएको छ । मुलुकमा अहिले दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार छ । तर, सरकारले जनताको अपेक्षा अनुसार का मगर्न सकेन भन्ने आरोप लाग्ने गरेको छ । यी लगायतका विषयमा केन्द्रित भएर सांसद यज्ञराज सुनुवारसँग विश्व न्युजका लागि मोहन बास्तोलाले गरेको कुराकानी—
 
 
तपाईं सम्भावना बोकेको युवा नेता यो सरकारलाई रोकेको चाहिँ केले रहेछ ? 
हो, संघीय संसद्मा दुई तिहाई निकट, प्रदेशसभामा एउटा प्रदेशबाहेक ६ वटा प्रदेशमा लगभग सबै ठाउँमा दुई तिहाई र स्थानीय तहमा पनि त्यस्तै बर्चस्व रहेको कुरा सत्य हो । यो सरकार बनिसकेपछि सरकारले कम्युनिष्टहरूको एकल दुई तिहाई बहुमतको सरकारले एउटा बजेट र एउटा नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरिसकेको अवस्था छ । अहिले जनताले यसैलाई आधार मानेर पनि सरकारको विरोध वा समर्थन गरेका छन् ।  कतिपयले यसलाई फेल खाइसक्यो, असफल भयो भन्ने कोणबाट पनि चर्चा गरीरहेका छन् । स्वाभाविक रूपमा हिजो एउटा सरकार मात्र परिवर्तन भएको थिएन, यसमा प्रणाली नै व्यापक रूपमा फेरबदल भएको सन्दर्भमा हामी संघीयतामा गयौं । प्रदेश सरकार बन्यो, स्थानीय सरकार बन्यो । तर कुन रूपमा बन्यो भने त्योबेला ऐनकानुनको अभावले अवस्था भद्रगोल थियो । खासगरी भौतिक संरचनाको अभाव थियो । त्यो परिस्थितिका बीचबाट सरकारकै तयारी र प्रस्तावअनुसार यो संसदले करिब डेढ सय ऐनकानुन बनाउने काम सम्पन्न गरेको छ । अरू बन्ने क्रममा छन् । त्यस कोणबाट हेर्दा यो एक वर्ष अलिकति ऐनकानुन निर्माणमै केन्द्रित हुनुप¥यो । तर, अब आउँदो जेठ १५ गते प्रस्तुत हुने बजेटले दिने सन्देश र नीति तथा कार्यक्रमले दिने सन्देश नितान्त पृथक हुनुपर्दछ । यसबीचमा प्रदेश, केन्द्र र स्थानीय तहले के–के काम गर्ने भन्ने कुरा संविधानमा उल्लेख भए पनि ऐन, नियम(ावली र विभिन्न कानुनहरूद्वारा व्यवस्थित गरिएको थिएन । त्यसले केही अन्योल अवश्य थपेको थियो । तर, अब जनताको यो अपेक्षालाई कम्युनिस्ट सरकारले पूरा गर्नुपर्छ । बाह्य आलोचना त व्यापक छन् । प्रतिपक्षले यसलाई जोडदार ढंगले नकारात्मक रूपमा उठाएको म देख्छु । त्यसैले अब सरकारले अलिक जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने देखिएको छ ।
तपाईंको नजरमा सरकारले गरेका राम्रा कामचाहिँ के–के छन् ?
यो सरकारले राष्ट्रिय एकताको सूत्र अझ दरिलो बनाउने काममा सफलता सफलता प्राप्त गरेको छ । तर, शान्तिसुरक्षालगायत कति(पय लोककल्याणकारी कार्यक्रमहरू सम्पादन गर्ने सन्दर्भमा कमजोरी रहेको छ । त्यस कुरालाई हामीले आलोचना गरेका पनि छौं । बैठकमा उठाएका पनि छौं । नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिएर पक्कै अगाडि बढ्छ ।
कतिपयले मन्त्रीहरुको भूमिका सकारात्मक भएन भनेर पनि आलोचना गरेका छन् । हामीले यो विषयमा पनि नेतृत्वको ध्या(नाकर्षण गराएका छौँ । पार्टीका संरचनाहरू नबनिसकेको, केन्द्रीय कमिटीको बैठक वा अन्य कमिटीहरूको बैठक नियमित रूपमा नभएका कारण संस्थागत रूपमा त्यसमा छलफल गर्ने कामहरू औपचारिक रूपमा भने हुन सकेको छैन । यसले पनि समस्या भएको छ । नेतृत्व अर्थात् स्वयं प्रधानमन्त्रीज्यूले संसदीय सिस्टममा दल र दलपछि नेता र प्रधानमन्त्रीले नै मूलतः सरकारको मन्त्रीहरूको वा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबारे मूल्यांकन गर्ने प्रणाली भएका कारण प्रधानमन्त्रीज्यूले नै यसबारे पार्टी अध्यक्षका हिसाबले पनि मूल्यांकन गरिरहनुभएकै होला भन्ने मलाई लाग्छ । कतिपय कुरा आग्रहका आधारमा पनि टिप्पणी भएको म देख्छु । यथार्थ कुरा त पाटीभित्र छलफल होला । दलीय व्यवस्थामा स्वाभाविक रूपमा दलका तर्फबाट जिम्मेवारी पाएर नियुक्तिमा जाने व्यक्तिहरूको कामबारे पार्टीले छलफल गर्छ नै । गर्नु पनि पर्दछ । यथोचित जिम्मेवारी तथा मूल्यांकन पक्कै हुन्छ । यसमा हामीले भन्नुभन्दा पनि स्वयं प्रधानमन्त्रीज्यूले र पार्टीको नेतृत्व पंक्तिले विचार गर्ने कुरा हो ।
 
सिके राउतका विषयले पार्टीभित्रै निकै ठूलो विवाद सिर्जना भयो, विप्लवमाथिको प्रतिबन्धले पनि एक खालको आलोचना खेप्नुप¥यो ।  खास कुरो के हो ?
हाम्रै पार्टीका उपाध्यक्ष भीम रावललगायत नेताहरूले पनि बोल्दा द्वन्द्वको व्यवस्थापन गर्नु राम्रो कुरा हो भन्नुभएको छ । त्यसै विषयल(ाई लिएर पनि विवाद भयो भन्ने तर्क गरिएको हुन सक्छ । यद्यपि, कतिपय कमीकमजोरी छन् भने त्यसलाई पक्कै सच्याउनुपर्छ । मूल कुरा यो देश सार्वभौमसत्ता सम्पन्न देश हो । हाम्रो नेपाल हिमाल, पहाड, तराई मिलेर बनेको एउटा अखण्ड नेपाल हो । यस कोणबाट हेर्दा यो देशको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कोणबाट हुने प्रस्तुति र गतिविधिलाई सरकारले नियन्त्रण गर्नुपर्दछ भन्ने कुरामा सबैको सहमति छ । जहाँसम्म त्यो सहमति भएको छ, त्यसबारे विभिन्न खालका कुराहरू आएका छन् । तर, आमरूपमा यो देशको राष्ट्रियतामाथि कुनै पनि प्रश्नचिह्न उठ्ने खालका गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा सबैको साझा मत र एकता सदनमा पनि देखियो । हाम्रो राष्ट्रियतालाई यस कोणबाट हेर्ने हो भने जुन सहमति भएको छ, यो भोलि व्यवहामा पनि कसरी जान्छ भन्ने कुराले निर्भर हुन्छ । यसमा कतिपय भाषागत त्रुटि छन् भने सच्याएर जानु पनि पर्छ । तर सहमतिलाई सबैले स्वागत गर्नुपर्छ ।
म फेरि पनि भन्छु– नेपाल बहुजातीय, बहुधार्मिक, बहुभौगोलिक र बहुसांस्कृतिक देश हो । यस विविधताबीचमा पनि एकता र अक्षुणता जो छ, यो नेपाली समाजको विशेषता हो । यसलाई खण्डित पार्ने दुष्प्रयास कतै र कसैबाट हुन्छ भने यो कुराालाई हाम्रो संविधानले छुट दिँदैन । सहमति जे भएको छ, त्यसलाई पालना गर्ने विषय दुबै पक्षको कर्तव्यको विषय हो तर त्यसलाई गलत ढंगले व्याख्या गर्ने र गलत गतिविधि र नकारात्मक काम गर्ने प्रवृति देखिया् भने त्यसमा सरकार र राज्य कठोरतापूर्वक उत्रनैपर्छ । विप्लवको सन्दर्भमा कुरा गर्दा उसलाई राज्य आतंक मच्याउने छुट छैन भन्ने नै हो । राजनीतिक सस्कार प्रस्तुत गरेको अवस्थामा भने उससँग वार्ता र छलफल गर्नुपर्छ ।  
तपाईंहरुको पार्टीमा माथिल्लो तहमा एकता भए पनि तल्लो तहसम्म नहुँदा पनि समस्या भयो भन्ने पनि छ नि ?
स्थानीय स्तरमासमेत पार्टी एकतामा ढिलाइ भएको स्वयं नेतृत्वले समेत अनुभूत गरिरहेको होला भन्ने म ठान्दछु । त्यसका अतिरिक्त अहिले व्यापक रूपमा पार्टी एकीकरण तलसम्म हुन नसक्दा त्यसले धेरै कुरालाई असर गरिरहेको छ । यसले एकातिर पार्टी संगठन निर्माणका कामहरू र अन्य गतिविधिहरू रोकिएका छन् भने दुवै पार्टीबाट एउटैमा भएका लाखौं कार्यकर्ता कामविहीन अवस्थामा छन् । यो विडम्बना नै हो । तर यो घटनालाई यसो भनिरहँदा पहिलो कुरा त यो बृहत् एकता संसारमा बिरलै हुने घटनामध्ये एक थियो । त्यसमाथि पनि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता यति छिट्टै यो रूपमा भइहाल्ला भन्ने कुरा मान्छेहरूले पत्याएका थिएनन् । त्यसो भएकाले त्यो चुनौतीपूर्ण कामलाई सहज ढंगले केन्द्रीय तहमा सम्पादन गर्ने नेतृत्वले तल कमिटीहरू निर्माणमा किन ढिलाइ गरिरहनुभएको छ ? मान्छेहरूको मनमनमा यो प्रश्न उठिरहेको छ, जुन स्वाभाविक छ । यस कुरालाई मध्यनजर गरेर नेतृत्वले छिटो निकास दिनुपर्दछ । वास्तवमा आजको युगमा कम्युनिस्ट पार्टीको दुई तिहाइनिकट जुन बहुमत प्राप्त भयो, जसका कारण प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पनि जुन प्रकारको पकड नेपालमा कम्युनिस्टहरूको देखिएको छ, त्यो कुरा एउटा सर्वा्धिक उपलब्धिको कुरा हो । र, प्रत्येक प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिहरूलाई एउटा उत्साह भर्ने परिस्थिति हो । तर, यो पार्टी एकताको तल्लो स्तरसम्म एकीकरण प्रक्रियामा जुन ढिलाइ भयो, राष्ट्रिय महोत्सवका रूपमा यो एकीकरण सम्पन्न गर्ने कुरामा हामी चुक्यौं । कतिपय वैचारिक कुराहरूमा सहमति भइसकेको र कतिपय कुराहरू महाधिवेशनबाट फैसला गर्ने विषयमा हामी टुंगोमा पुगिसकेको परिस्थितिमा यहाँ अब वैचारिक कारणले रोकिएको होइन भन्ने त प्रस्टै छ ।
 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग