नया वर्षको स्वागतमा सांस्कृतिक कार्यक्रम

नया वर्षको स्वागतमा सांस्कृतिक कार्यक्रम
 
टेक्सस ।
 
नेपाली नया वर्षको अवसरमा टेक्ससको डलासमा नेपाली सांस्कृतिक सा“झ हुने भएको छ । हरेक वर्ष जस्तैं यस वर्ष पनी नेपाली समाज टेक्ससले नया वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । इन्द्रेणी सांस्कृतिक समुहसगको सहकार्यमा आधुनिक, पप अनि लोक संगितको संगम गराएर समाजले नया वर्ष २०७६ लाई स्वागत गर्न लागेको हो ।
आउदो अप्रिल १३ का दिन शनिवार समाजले  गायक निमा रुम्वा, अनिश ओक्ले सापकोटा,रतन सुवेदी,भगवान भण्डारी, शिला आले, सिस्नो पानी नेपाल समुहलगायतलाई एउटैं मञ्चमा राखेर कार्यक्रम गर्न लागेको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती पनि रहनुका साथैं विभिन्न ब्यान्डले आफ्नो सांगितिक प्रस्तुती गर्ने आयोजक नेपाली समाज टेक्ससले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ  ।
समाजले डलासमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक समुह सग मिलेर विभिन्न कार्यक्रम गर्ने हामी दुई संस्थाका बीचमा समझदारी भए अनुरुप यो वर्षको न्यू इयर सांस्कृतिक सा“झ इन्द्रेणीस“ग मिलेर गर्न लागेको हो ।
यो वर्षको नया वर्ष स्वागत साझलाई विभिन्न सांगितिक कोसेलीहरुको संगम गराउने लक्ष्य हामीले राखेका छौं । युवा वर्गदेखि हाम्रा अभिभावक वर्ग वुवा आमासम्मले मनोरञ्जन लिन सक्ने गरी हामीले कलाकारहरुलाई जमघट गराउन लागेका छौं । पत्रकार सम्मेलनमा अध्यक्ष सुमन थापाले भने ।
 
कार्यक्रममा प्रवेशका लागि साधारणतर्फ १५ डलर प्रति व्यक्ति राखिएको छ भने विशेषतर्फ ५० डलर राखिएको छ । १० वर्ष मुनीका बालबालिकालाई अभिभावक साथमा रहेको अवस्थामा निःशुल्क प्रवेशको  प्रबन्ध मिलाइएको छ । साथैं संस्थाका आजिवन सदस्यहरुलाई समेत निशुल्क प्रवेशको व्यवस्था मिलाइएको तथा अनलाइन मार्फत टिकट खरिद गर्दा १० डलर प्रिसेल टिकट लिन सकिने जानकारी गराइयो ।
समाजका पूर्व अध्यक्ष गौरीराज जोशी, सल्लाहकार पासाङ लामा लगायत समाजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको संचालन भक्त भण्डारीले गरेका थिए ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग