न्यूयोर्कमा दादुराको तीब्र प्रकोप, मेयरले घोषणा गरे जनस्वास्थ्य संकटकाल

न्यूयोर्कमा दादुराको तीब्र प्रकोप, मेयरले घोषणा गरे जनस्वास्थ्य संकटकाल
न्यूयोर्क
न्यूयोर्क सिटीका मेयर बिल दे ब्लाजियोले शहरका केही क्षेत्रमा जनस्वास्थ्य संकटकाल घोषणा गरेका छन् । जुइसहरुको बाक्लो वस्ती रहेको ब्रुकलिनका केही क्षेत्रमा दादुराको प्रकोप चर्किए पछि मेयर ब्लाजियोले संकटकाल घोषणा गरेका हुन् ।
 
ब्रुकलिन स्थित विलियमबर्ग जिप कोड अन्तर्गत बसोबास गर्ने सबैलाई दादुरा बिरुद्धको खोप (एमएमआर भ्याक्सिन) लगाउन पनि मेयरले आह्वान गरेका छन् । खोप लगाउन अटेर गर्नेलाई एक हजार अमेरिकी डलर जरिवाना गरिने समेत उनले जानकारी दिए । 
 
‘खोपको प्रभावकारीता र सुरक्षामा कुनै प्रश्न छैन, संकटकाल घोषणा गर्दै मेयर ब्लाजियोले भनेका छन्– त्यसैले म प्रभावित क्षेत्र लगायत सबैलाई अनिवार्य खोप लगाउन आह्वान गर्न चाहन्छु ।’ गत अक्टुबर यतामात्र अथोडक्स जुइस समुदायमा २८५ दादुरा पिडित फेला परेका थिए । यीमध्ये २१ बिरामी अस्पताल भर्ना भएका थिए भने पाँच जनालाई आईसियुमै राखेर उपचार गर्नु परेको थियो । 
 
सन् २०१९ लागे पछि अमेरिकाभर ४६५ दादुरा बिरामी फेला परेका थिए । त्यसमध्ये ७८ जना यो साता मात्र अस्पताल पुगेका थिए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग