इन्धन नै नभरी त्रिभुवन विमानस्थलबाट जेट एयरवेजको विमानले उडान सुरु गरेपछि ...

इन्धन नै नभरी त्रिभुवन विमानस्थलबाट जेट एयरवेजको विमानले उडान सुरु गरेपछि ...
काठमाडौं
 
काठमाडौंबाट दिल्लीका लागि उडान भर्न रनवेमा दौडिसकेको जेट एयरवेजको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन विमानस्थलबाट टेक अफ गर्न तयार भइसकेको विमानमा तेल नै नभरिएको थाहा भएको थियो ।
 
विमानमा तेल नै नभएको थाहा पाएपछि विमानका पाइलटले आकस्मिक युटर्न गरेर विमानलाई मोडेका थिए । अनि तेल हालेर विमानको उडान भरियो । 
 
विमानमा १ सय ३८ जना यात्री र चालक दलका सदस्य सवार थिए । बुधबार दिउँसो ३ बजेर ५० मिनेट जाँदा दिल्ली उडान गर्ने यो विमानमा तेल नभएको पाइलटले थाहा पाएर पार्किङमा फर्काएका थिए । तेल भरेपछि विमान ५ बजेर २९ मिनेटमा उडान गरियो ।
 
विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले दिएको जानकारी अनुसार जेट एयरवेजको यो विमान पाइलट मनोज अरोडाले उडाएका थिए । 
 
पछिल्लो समय जेट एयरवेजका पाइलट तथा अन्य कर्मचारी चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलनमा छन् । एक हजारभन्दा धेरै पाइलटले जेट एयरवेजका विमान उडाउन छाडेका छन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग