भारतको चुनावको लेखाजोखा–मोदीको यात्रामा गान्धी ठूलो पहाड बन्ने संकेत

भारतको चुनावको लेखाजोखा–मोदीको यात्रामा गान्धी ठूलो पहाड बन्ने संकेत
काठमाडौँ । विश्वको ध्यान अहिले भारतको लोकसभा निर्वाचनमा केन्द्रित भएको छ । पहिलो चरणको निर्वाच आजबाट सुरु भएसँगै विश्वको ध्यान त्यतातिर केन्द्रित भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकाल विवादमुक्त बन्न सकेन । अब मोदी दोस्रो पटक प्रधानमन्त्री बन्ने हुन् या प्रधानमन्त्रीको पगरी गान्धी खानदानमै फर्किने हो भन्ने आँकलन पनि सुरु भएको छ । राजनीतिक पण्डितहरु पनि अहिले त्यसैको लेखाजोखामा केन्द्रित भएका छन् । भारतका १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा आज निर्वाचन भएको छ ।  ११ अप्रिलबाट सुरु चुनाव १९ मेसम्म चल्ने छ । मत गणना भने २३ मेबाट सुरु गरिने छ । यो निर्वाचनमा १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले सभागी हुने भएका छन् । 
 
तल्लो  सदन लोकसभाका लागि कुल १ हजार २७९ उम्मेदवार चुनावी मैदानमा छन् । १० लाख बढी मतदान केन्द्रबाट मतदान गर्ने भारतीय जनताले कस्लाई छान्ने हुन् भन्ने अहिले नै निशाना लगाउन हतारो हुने छ । तर, मोदी कमजोर उम्मेदवार नभएकाले भाजपाले नै भारतमा दोस्रो कार्यकाल पनि नेतृत्व लिने हो कि भन्नेको मत पनि कमजोर छैन । गान्धी परिवार पनि गुमेको सत्ता फर्काउने तयारीमा जुटेको छ । लोकसभाका लागि ५४३  सदस्य  निर्वाचित हुनेछन् । कम्तिमा २७२ सिट जुन पार्टीले जित्छ उसैले सरकारको नेतृत्व गर्नेछ ।
 
मोदीका लागि राहुल गान्धी ठूलो पर्खाल बनेर उभिएका छन् । सन् २०१४ मा भएको लोकसभा चुनावमा मोदीको पार्टीले २८२ सिट जितेको थियो भने त्यतिबेला कांग्रेस २८ सिटमा थन्किएको थियो  । तर, अहिले मोदीलाई त्यति सजिलो भने छैन । पहिलो चरणमा १० राज्यका सबै सिटमा आज मतदान सम्पन्न हुनेछ । यस्तै आन्ध्रप्रदेशका सबै १७५ सिट, अरुणाचल प्रदेशका सबै ६०, सिक्मिका सबै ३२ र ओडिसाका १४७ मध्ये २८ सिट विधानसभाका लागि पनि बिहीबार नै मतदान भएको छ । पहिलो चरणमा ९१ सिटमध्ये ३३ सिटमा भाजपा–कांग्रेस या एनडीए–यूपीए बीच सीधा टक्कर हुने भारतीय मिडियाहरुले अनुमान गरेका छन् । यसमध्ये सबैभन्दा धेरै महाराष्ट्रका सात सिट छन् । चार–चार सिट असम र उत्तराखण्ड तथा पाँच सिट बिहारका छन् ।
 
पहिलो चरणमा आन्ध्रप्रदेश, अरुणाचल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अन्डमान र निकोबार द्वीप समूह र तेलंगनाका सबै लोकसभाका सिटमा मतदान जारी छ । यसै चरणमा असम, बिहार, छत्तिसगढ, जम्मु–कश्मीर, महाराष्ट्र, मणिपुर, ओडिसा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही लोकसभा सिटका लागि पनि मतदान भइरहेको छ ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग