कांग्रेस-फोरमको एकता प्रक्रिया सुरू

कांग्रेस-फोरमको एकता प्रक्रिया सुरू

काठमाडौं 

नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरणलाई टुंग्याउन गठन गरेको समायोजन समितिले पाँच महिनापछि काम सुरु गरेको छ । 

गत कार्तिकमा लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भ्रातृ संघ एवम् शुभेच्छुक संस्थाको समायोजन गरेर पार्टी एकतासम्बन्धि आवश्यक काम गर्न गठित समितिले बिहीबारबाट औपचारिक रुपमा काम सुरु गरेको हो ।
 
गत कार्तिक २० गते बसेको केन्द्रीय कार्यसमितिले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो । बैठकले तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गर्दै उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको हो ।
 
समितिको बिहीबार बसेको बैठकमा उपसभापति विजयकुमार गच्छदारले तत्कालीन लोकतान्त्रिक फोरममा रहेका देशभरका क्रियाशिल सदस्यहरुको नामावली बुझाएका छन् ।
 
गच्छदारले बैठकमा २५ हजार चार सय ६८ जना क्रियाशील सदस्यहरुका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको नामावलीसहितको विवरण उपसभापति एवं समायोजन समितिका संयोजक निधिलाई हस्तान्तरण गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग