प्रधानमन्त्री ओलीले खोलिदिए बुबाको खाता

प्रधानमन्त्री ओलीले खोलिदिए बुबाको खाता

काठमाडौं 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खोलौं बैंक खाता’को शुरुवात आफ्नो बुबाको खाता खोलिदिएर गरेका छन् । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ शुरु गरिएको अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा उदघाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीका बुवा मोहन प्रसाद ओली र सासू (राधिका शाक्यकी आमा) धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी भएका हुन्। ओली र शाक्य दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् ।

 

चालू आर्थिक बर्षको बजेटले सबै नेपालीलाई बैंकको पहुँच सम्म पुर्याउने लक्ष्य लिएको थियो । बजेटमा समेटिएको विषय कार्यान्वयनका लागि सबै नेपालीमा बैंक खाता अभियान नयाँ बर्ष (२०७६ वैशाख १) बाट शुरु भएको हो ।

यस अभियानमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुले सहकार्य गरिरहेका छन् । केन्द्रीय बैंकले नयाँ खाता खोल्नेलाई १०० रुपैयाँसम्म जम्मा गरिदिन सक्नेछन् । केन्द्रीय बैंकले बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तरगत  छुट्याएको बजेट यस अभियानमा लगाउन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंककाअनुसार अहिले बैंक तथा वित्तिय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन् ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग